काेराेना संक्रमण तीव्र रुपमा फैलिएपछि झापाका स्थानीय निकाय आइसोलेसन निर्माणमा जुट्दै

0
1376

झापा, ८ भदाै /  संक्रमण तीव्र रुपमा फैलिएपछि झापाका स्थानीय सरकार आइसोलेसन निर्माणमा जुटेका छन् ।

संक्रमित उपचारका लागि व्यवस्था गरिएका अस्पतालमा संक्रमितले बेड पाउन छाडेपछि स्थानीय सरकार आइसोलेसन आफैं सञ्चालन गर्र्न केन्द्रित भएको छ । समुदाय स्तरमा समेत कोरोना फैलिन सुरु गरेको झापाको कमल गाउँपालिकाले ५० शैयाको आइसोलेन निर्माण सुरु गरेको छ ।

हालसम्म एक विद्यालयमा क्वारेन्टाइन सञ्चालन गर्दै आएको गाउँपालिकाले सशस्त्र प्रहरीको जग्गामा आइसोलेसन निर्माण शुरु गरेको हो । गौरादह नगरपालिकाले भने वडा नम्बर ७ जुरोपानीमा रहेको स्वास्थ्य चौकीलाई आइसोलेसनको रुपमा प्रयोगमा ल्याएको छ । कोभिड अस्पतालमा बेड उपलब्ध नभइञ्जेलसम्म उक्त आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने र अस्पतालमा ठाउँ भएपछि पठाउने गरिएको गाउँपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए ।

दमक नगरपालिकाले पनि आफ्नै आइसोलेन निर्माण सुरु गरेको छ । भुटानी शरणार्थीहरुको सहायताका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगले निर्माण गरेको संरचनालाई आइसोलेसनको रुपमा उपयोग गर्न लागिएको नगरपालिकाकी उप मेयर गिता अधिकारीले बताइन् । यस्तै, आम्दा अस्पतालको होस्टललाई समेत आइसोलेसनको रुपमा तयार पारिएको छ ।

यसैबीच ईलाममा कोभिड अस्पताल सञ्चालनमा आएको छ । प्रदेश–१ सरकार सामाजिक विकास मन्त्रालयको पहलमा अस्पतालले कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको हो । क्वारेन्टिनको रुपमा रहेको जिल्ला समन्वय समिति इलामको नवनिर्मित भवनमा कोरोना अस्पताल सञ्चालनमा ल्याइएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here