बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरु आन्दोलित

0
297

धरान, ८ भदाै /  उपचारमा अग्रपंक्तिमा खटिदै आएका सुनसरीे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् ।

कोरोना संक्रमितहरुको उपचारमा खटिएका उनीहरुलाई प्रतिष्ठान व्यबस्थापन पक्षले विना स्वास्थ्य सामाग्री डिउटीमा खटाएको भन्दै आन्दोलित भएका हुन् । आज प्रतिष्ठानको आईसियुमा उपचाररत एक विरामीमा संक्रमण देखिए पश्चात उपचारमा खटिएका नर्सहरुलाई क्वारेन्टिनमा नपठाएको र डिउटीमा खटाउदा समेत पीपीइ, पञ्जा र मास्क उपलब्ध नगराएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

आईसीयूमा कार्यरत स्टाफ नर्स त्रिबेणी ढकालले नर्सहरुको सुरक्षामा वेवास्ता गरेको भन्दै सुरक्षा समाग्री उपलब्ध नगराएसम्म आन्दोलन जारी रहने बताइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here