“मायाको प्रतिफल” हार कि बहार ?

0
1930

✍विष्णु  चुडाल पाण्डे

माया शब्द यस्तो हो जुन बाहिरी आँखा ले कतै देख्न सकिदैन। तर सत्य कुरा यति हो कि अनुमान भने जो कोहिले पनि गर्न सक्छ। त्यसैले त भन्ने गरिन्छ माया भावबाची नाम हो। तर पनि यति भन्दैमा मायाको अर्थ पूरा भयो भन्नू मुर्खता हो। हिजोआज माया शब्दलाई जवान केटाकेटीहरुको शारिरिक आकर्षण सङ्ग जोडेर सँकुचित हिसाबले व्यबहार गरिएको पाइन्छ। माया बालकदेखी बृद्धअवस्था , मानवदेखि जनावर र प्रकृति सम्म हुन्छ। मानवीयताको हिसाबले हेर्दा अपरिचित ब्यक्ती जो कोहिलाई पनि माया गरिन्छ। आफ्नो मातृभुमी रास्ट्रियता सबैको निम्ति माया जोडिएको हुन्छ।

माया नेपालीमा दुई अक्षरले बनेको शब्द हो जस्मा सन्सार अटाइएको हुन्छ। माया एस्तो भावनात्मक हो जुन छुन र देख्न सकिदैन। तर महसुस गर्न सकिन्छ। नेपालिमा मायालाइ अन्य शब्द जस्तै स्न्नेह, प्यार, प्रेम , पिरती जस्ता धेरै शब्दले प्रतिनिधित्व गरे पनि अङ्ग्रेजी शब्द “लब ” नै बढी प्रचलनमा छ। प्रयोगका हिसाबले हेर्दा मायाको अर्थ कुनै प्राणि वा बस्तु प्रती मनै देखि चाहने अर्थात अनुभव गर्ने वा एक ब्यक्तिले अर्को ब्यक्ती प्रतिको भावनात्मक सम्बन्ध हो। केही साहित्यकारहरुले माया दुई मुटुको सङ्गम हो भनेका छ्न त कसैले माया शरीरसङ्गको छाया हो पनि भनेका छन् । तर जस्ले जस्तो सुकै परिभाषा दिएपनी यो यति व्यापक शब्दावली हो। जुन सामान्य परिभाषाले पनि पुर्ण हुदैन। वास्तवमा माया एक जन्मदेखी मृत्युसम्म नभै नहुने महत्वपूर्ण बस्तु हो। यदि एक अर्कामा आकर्षक भएर मन नपराइदिने हो भने त्यहाँ मायाको प्रश्न उठ्दैन। मिठो बोलेर लठ्ठ बनाउदैमा माया हुँदैन। माया त केवल फरक फरक किसिमको हुन्छ। श्रीमानले श्रीमतीलाई दिने माया , आमा बुवा प्रतिको माया, छोराछोरीको माया , दाजुबहिनीको माया आफन्त र साथिभाइको माया बस् माया कसरी गरिन्छ भन्ने कुरा मात्र फरक हो।

जति मायाको परिभाषा बुज्दै गयो तेति नै यो मायाको गहिराईले डुबाउदै लान्छ कसैले मायाको नाममा जीवन नै समाप्त गरिरहेका छ्न्। हात काटेर रगतले नाम लेख्दैमा र फोटो जोडेर भित्ताभरी टास्दैमा पनि माया हुने होइन। अनायसै हिजोआज मानिसहरु पागल हुने अनि आफ्नो जीवन समाप्त बनाउने गर्छन् । मायाले कतिको जीवन सुन्दर र उज्यालो बनाइदिएको छ भने कतिको त जिन्दगी बर्बाद र अन्धकार पारिदिएको छ। मायालाइ चिन्न र बुझ्न सकिएन भने यस्ले सुन्दर जीवन सखापै पारिदिएको छ। मायाको कमजोरी पनले होला सन्सारमा हत्या, हिम्सा र आतंकले जरो गाडीरहेको छ। हामीले सुनेका र देखेका छौं मायामा ऐजेरु पलाएपछी श्रीमानले श्रीमती को हत्या, बाबुले छोरीको हत्या, छोरिले आमाको हत्या , छोराले बाबुको हत्या गर्न पनि पछि पर्दैनन् । साच्चै भन्ने हो भने मायाको कथा कुनै नौलो होइन। बौद्धिक कालमा हेर्ने हो भने भगवान शिबकै कुरा गर्दा सतीदेबिले शिबको लागि आफ्नो देह त्याग गरिन। त्यस्तै त्रेतायुगका एक आदर्श नारी सिताले पनि रामसङ्ग चोखो माया गरेकी थिइन। रामका हरेक बचनलाइ शिरोधार्य गरेर जङ्गल पस्न सक्ने गर्भवती सीता र रामबिचको प्रेम अनि मयार्दाले निम्त्याएको बिछोड सन्सारले बुझेर आत्मसात गर्न जरुरी छ। यसैगरि द्वापर युगका श्री कृष्णले पनि राधाको प्रेममा परेर १६ हजार एकसय ७ जना गोपिनिहरुलाइ बिहे गरे तर उनले चाहेको र माया गरेको राधालाई भने कहिले पनि आफ्नो बनाउन सकेका थिएनन् ।

मायाको अन्त्य मिलन मात्र होइन कि विछोडमा बलिदान पनि हो। मायामा प्राप्ती मात्र होइन उत्सर्ग पनि हुनु पर्छ। यति बुझौकी मायाको अन्त्य कहिले पनि हुदैन । हामीले आफ्नो माया अमर रहोस् भन्नकालागि प्रेम दिवस पनि मनाउने गरेका छौं । यो दिवस हिजो आज नेपालमा पनि युबाहरु माझमा लोकप्रिय बन्दै गएको छ। यो दिन गुलाफको फुल दिएर आफ्ना प्रेमी प्रेमिकालाई प्रेम प्रस्ताव गरिन्छ। प्रस्ताव जस्ले राखेपनी पनि हुन्छ। तर प्रेम प्रस्तावका लागि ९०% पुरुषहरुले पहिला आइ लब यु भनेर प्रेम प्रस्ताव राख्ने गरेका छन् । यो दिन यति महत्वपूर्ण छ कि भागेरै भए पनि भेट्ने प्रस्ताब राख्ने गरिन्छ जस्तै २०१४ मा एरिजोनामा भ्यालेन्टाइन डे का दिन एक कैदिले आफ्नो प्रेमिकालाइ भेट्न् का लागि जेलबाट भागेका थिए।
जुन कुरा सेन्ट भ्यालेन्टाइनले सिपाही हरुलाई बिबाह गराएको कथासङ्ग जोडीएको भएतापनी यो प्रणय दिवस पश्चिमि संस्कृती हो। यो संस्कृतिको केही राम्रो पक्ष भएतापनी आहिलेका आधुनिक युवायुवती पुस्तामा एकदमै बिकृती फैलाउने काम भएको छ। आधुनिकता सङै संस्कृतिको जग्रेना भन्दापनी बिसङ्गती भित्रीएको छ।

अन्त्यमा जिवनका लागि माया एक अपरिहार्य बस्तु हो । यदाकदा सुन्ने गरिएको छ कि यदि तपाईंलाई कुनै दुख पिडा भएको बेला तपाईंको माया भएको मान्छेसङ्ग अङ्गालोमा बाधिनु भएमा त्यो अङ्गालोले तपाईंको नबर्स सिस्टमलाई पेनकिलर सरहको काम गर्दछ। यहाँ मायालाइ जसरी परिभाषा गरे पनि एउटा साचो माया शक्तिसाली हुन्छ। त्यसको अन्दाज कसैले लगाउन सक्दैन। माया गर्न जाने सन्सार बनेर आउछ, नजाने सजिलै सङ्ग काल बनेर आइदिन्छ।साच्चै माया नभैदिने हो भने यो सन्सार कस्तो हुने थियो होला हामी अनुमान समेत लगाउन सक्दैनौं। मायामा लगाब र झुकाब दुबै कुरा बराबर हुनुपर्छ। माया सफल भए सम्बन्ध पनि सफल रहन्छ। मायाका लागि हामिले आफ्नो बनाउन धेरै कुराहरु गरिरहेका हुन्छौं। आफुले चाहेको होस् या नहोस् आइ लब यु भन्दैमा माया बसिहाल्ने पनि होइन। हात काटेर होस् या मर्छु भनेर धम्काउने काम पनि गलत हो। यसरी कायम रहेको सम्बन्ध क्षणिक समयसम्म चिटिक्क देखिने बालुवाको घरजस्तै हो कति बेला भत्किने हो थाहा हुदैन। त्यसैकारण मजबुत घर बनाउन बलियो जगको आवश्यकता पर्दछ। सम्झनुहोस सम्बन्ध भनेको घर र बिश्वास भनेको जग हो। त्यसैले त मायाले मानिसलाई बाच्ने उर्जा थपिदिएको छ। जबकी माया शब्दको सदुपयोग हुन जरुरी छ। किनकी माया शब्द दुरुपयोगको लागि निर्माण भएकै होइन।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here