सञ्चारकर्मीहरुलाई घरैबाट काम गर्ने व्यवस्था मिलाउन महासंघकाे आग्रह

0
205

झापा, ८ भादाै /  महासंघले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै सञ्चारकर्मीहरुलाई घरैबाट काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै सञ्चार प्रतिष्ठानहरूले अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोगसँगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न आग्रह गरेको हो ।

हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका र विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् महासंघले जनाएको छ । साथै महासंघले फिल्डमा खटिने सबै सञ्चारकर्मीको पीसीआर परीक्षण गर्न समेत माग गरेको छ ।

आज विज्ञप्ति प्रकाशित गरी महासंघले उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको हो । संक्रमणको दर वृद्धि भएसँगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा समेत संक्रमण देखिने क्रम बढेको भन्दै महासंघले यस्तो आग्रह गरेको हो । साथै, महामारीको यो समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघले आम सञ्चारकर्मीहरुमा अपिल पनि गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here