नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्याे, १ सय ५७ जनाकाे ज्यान गयाे

0
194

काठमाण्डाै, ८ भादाै /  नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । गएको २४ घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा सात सय ४३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा एक सय ६७ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार आठ सय ६ पुगेको छ ।

अब नेपालमा १३ हजार सात सय १५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै ११ हजार दुई सय ७५ जना क्वारेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा कोरोना संक्रमण बाट १० जनाको ज्यान गए पनि मन्त्रालयले भने आठ जनाको मात्र पुष्टि गरेको छ । मन्त्रालयको आधिकारीक तथ्यांक अनुसार संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय ५७ पुगेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here