दमक/झापाको दमकमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कन्ट्याक्ट ट्रेसिङ का आधारमा लिएको स्वाब परीक्षणको नयाँ रिर्पोट अनुसार यसमा विद्यूत प्राधिकरणका कर्मचारी, समुदायका केही र शशस्त्र प्रहरीहरुमा कोरोना संक्रमण देखिएको छ ।
यो संगै दमकमा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ । दमकमा कोरोना संक्रमणको दर दिन प्रति दिन बढ्न थालेपछि सचेत रहन दमक नगरपालिकाले अनुरोघ गरेको छ ।
संक्रमण फैलिन नदिन दमक नगरपालिकाले यस अघि एक साताको लागि लक डाउन गरेको आज सकिदै छ । तर दमक क्षेत्रमा संक्रमितको संख्या बढे सगै लक डाउन लम्बिने अनुमान समेत गरीएको छ ।