नेपालमा काेराेना संक्रमितकाे संख्या ३० हजार नाघ्याे

0
189

काठमाण्डाै, ६ भदाै / कोरोना भाइरस (कोभिड-१९) को   संक्रमणबाट १० जनाको मृत्यु भएको पुष्टि भएको छ ।  यससँगै कोरोराबाट शुत्रवार सम्ममा मृत्यु हुनेको संख्या १४० पुगेको छ ।

पर्सामा २ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, दोलखा, प्युठान, धनुषा र सर्लाही र सप्तरीका एक-एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८३८ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । शुक्रबारमात्र २५० जना डिस्चार्ज भए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here