प्रदेश नं १ मा ४२ सङ्क्रमित थपिए

0
252

बिराटनगर, ४ भदाै /   प्रदेश नं १ मा आज ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । विगत तीन दिनको सङ्क्रमित हेर्दा भदौ २ गते १३९ जना र ३ गते १२३ जना सङ्क्रमित भएका थिए ।

आज सङ्क्रमित हुनेमा १३ महिला र २९ पुरुष छन् । जसमा सुनसरीका १२, मोरङका १०, तेह्रथुमका नौ, उदयपुरका तीन, धनकुटा र झापामा एक÷एक जना छन् भने प्रदेश बाहिरका छ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमित देखिनेमा सुनसरीको धरानका तीन महिला तीन पुरुष, कोशी गाउँपालिकाका चार पुरुष, रामधुनी र दुहवीका एक÷एक पुरुष, मोरङको बुढीगंगाका दुई महिला दुई पुरुष, सुन्दरहरैचाका एक महिला पाँच पुरुष, तेह्रथुम म्याङलुङका तीन महिला छ पुरुष, उदयपुरको त्रियुगाका एक महिला तीन पुरुष, धनकुटाको शहीदभूमि र झापाको गौरीगञ्जका एक÷एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश बाहिरका महोत्तरीका दुई महिला एक पुरुष, धनुषा र जनकपुरका एक÷एक पुरुष र सिरहाका एक महिलामा कोरोना सङ्क्रमण दखिएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३९७ पुगेको छ । कोरोनाबाट मुक्त हुने १८ जना आज घर फर्केका छन् । घर फर्कनेमा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १४ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चार जना छन् ।

यस प्रदेशमा आज एक हजार ५०७ जनाको पिसीआर परीक्षण भएको छ । भदौ २ गते दुई हजार ६३१ जना र भदौ ३ गते एक हजार ९४१ जनाको पिसीआर परीक्षण भएको थियो । हालसम्ममा पिसीआर परीक्षण हुनेको सङ्ख्या ७३ हजार ५५३ भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here