इलामकाे चपेटी र अन्धाराजा पर्यटकीय क्षेत्र प्रवेशमा रोक

0
1152

इलाम, ४ भदाै /  इलामको चुलाचुली गाउँपालिका वडा नं. ५ ले वडा प्रवेशमा रोक लगाएको छ । झापाको दमक नगरपालिकासंग सिमा जोडिएको चुलाचुली–५ ले छिमेकी स्थानिय तहमा संक्रमण दर बढे संगै प्रवेशमा रोक लगाएको हो ।

चुलाचुली–५ को पर्यटकीय क्षेत्र चपेटी र अन्धाराजा धार्मिक क्षेत्रमा दैनिक सयौँको संख्यामा आन्तरीक पर्यटकहरुको प्रवेश भईरहेकाले अत्यावश्यक काम वाहेक अन्य कामका लागि केही समयका लागि वडा प्रवेशमा रोक लगाईएको वडा नं. ५ का वडाध्यक्ष चन्द्रकुमार थापाले बताए । दमकमा काेराेना संक्रमणकाे दर अत्याधिक फैलिरहेकाले आफुहरुले पनि वडामा सतर्कता अपनाएको उनको भनाई छ ।

वडाका मुख्य नाकाहरुमा स्थानिय स्वयसेवक र सशस्त्र प्रहरी परिचालन गरिने बताईको छ । त्यस्तै चुलाचुली–५ भित्रका होटलव्यवसाय पनि पुर्णरुपमा बन्द गराईने भएकाे  जनाइएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here