आगलागी बाट एक घर जलेर नस्ट, १५ लाख बाराबरको क्षति

0
2719

दमक, ४ भदौ / झापाको दमक ३ मा एक घरमा आगलागी हुदा घर जलेर नस्ट भएको छ ।

वडा नं ३ को गोलाटारमा रहेको उमानाथ अधिकारीको घरमा बिजुली को मिटरबक्स सर्ट भइ सल्केको आगोले घर जलेर पुर्ण रुपमा नस्ट भएको छ ।

आज ४ बजे आगलागी हुँदा अधिकारीको दुई तले काठको जलेर नस्ट भएको छ । आगलागी बाट १५ लाख बराबरको क्षती भएको दमक ३ का वडा अध्यक्ष नबिन बरालले जानकारी दिए ।

आगलागी बाट कुनै मानविय क्षती भने भएको छैन। दमक नगरपालिकाको बारुणयन्त्र र स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको वडा अध्यक्ष बरालले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here