दमक / झापाको दमकमा अब सुबिधा सम्पन्न सरकारीअस्पताल निर्माण हुने भएको छ ।
दमक १ मा रहेकाे दमक अस्पतालमा सुबिधा सम्पन भवन बन्ने भएकाे हाे । नयाँ भवन बन्ने भए पछी भवन निर्माणमा ठाउ अभाव भए पछि अस्पताल क्षेत्र भित्र रहेको २०४५ बनाईएको जिर्ण खवस्थामा रहेकाे हेल्थ पोस्ट भत्काउन सुरु गरीएको छ ।
करीब २१ करोड लागतमा ठेक्का लागेको उक्त भवन दुइ बर्ष भित्रमा निर्माण सम्पन्न हुने नगरपालिकाकि उप मेयर गीता अधिकारीले बताइन् ।
नयाँ बन्ने अस्पताल हाल ५० बेडकाे हुने बताइएकाे छ । नयाँ बन्ने अस्पतालमा छाला राेग, हाडजाेर्नि, फिजिसियन सेवा, शल्लेकृया सेवा सहितकाे विशेषक्ष सेवा उपलब्धहुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा खड्क लिम्बुले बताए ।
https://www.facebook.com/doonlinetv/videos/432931317623274/