काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागूः लकडाउन भन्दा कडा नियम

0
215

काठमाडौं । काठमाडौँ उपत्यकामा आज(विहीबार) देखि निषेधाज्ञा लागू भएको छ ।

मध्यरात देखि लागू भएको निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा खुबै कडाई गर्ने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने निस्कनेलाइ पनि संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने चेतवानी दिनुभएको छ ।

उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्‍याउनेलाई छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि बनदाबन्दीमा अपनाइएको सहजीकरणसमेत यसपाली हुने छैन । कुनै सवारी पाससमेत जारी गरिने छैन ।त्यसैले बन्दाबन्दी भन्दा आज रातिदेखि लागु भएको निषेधाज्ञाको आदेश थप कडा हुनेछ ।

यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । यसपटक दैनिक एकसय भन्दाबढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा शैयाको समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिए । आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उनले बताए ।

उपत्यकाका तीन जिल्लाका प्रजिअको मंगलबारको बैठकले अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको थियो । यो आदेश यही भदौ १० गतेसम्म लागू हुनेछ ।

अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अबरोध गर्नेहरु उपर कडा कारवाही गरिने छ । आदेश उल्लंघन गरे कडा कारवाही हुने चेतावनी दिइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here