दमककाे सब्जि बजारकाे ववाद सुल्झियाे, अब भारतिय गाडी छिर्न नपाउने

0
6629

झापा / दमक स्थित सब्जि बजारमा भएकाे विवाद टुङ्गीएकाे छ ।

दमककाे नयाँ सब्जि बजारमा गए शुत्रवार एक जनामा काेराेना संक्रमण देखिए पछि दमक नगरपालिकाले शुत्रबारनै रातकाे  १२  बजे देखि दमक लक डाउनकाे घाेषणा गर्याे र उक्त सब्जि बजार सिल गर्याे । साेही दिन रातिनै भारतिय नम्बर प्लेटका अालु प्याजका गाडी सब्जि बजारमा पसेकाे, रातकाे समयमा सामान झारेकाे बिषय लाइ लिएर स्थानियले बिराेध गरेका थिए ।

स्थानियकाे बिराेध पछि नरपालिकाले  साेमवार दिउसाे सब्जि बजारमा चाबी  लागाएकाे  थियाे । दिउसाे नगरपालिकाले लगाएकाे चाबी खाेलेर ट्रक बाट सामान झार्न गर्न खाेजे पछि स्थानियले राति पुर्न सब्जि बजार अगाडी बिराेध गरेका थिए । रातकाे समयमा सामान झार्दा हाे हल्ला गर्ने अप शब्द बाेल्ने भएकाे कारण अाफुहरू असर भएकाे भन्दै साेमबार बेलुका नाै बजे सम्म स्थानियले बिराेध गरेका थिए ।  दमक उधाेग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गाेपाल गुरागाइ र प्रथम उपाध्यक्ष राजु खड्काेले रातकाे समय भएकाले भाेलि संघमा बसेर  छलफल गर्नु पर्ने बताए पछि स्थानियले बिराेध राेकेका थिए ।

दमक उधाेग वाणिज्य संघमा संघमा स्थानिय टाेल बिकास सस्थाका प्रतिनिधि, संघका प्रतिनिधि र ब्यापारीहरू बिच भएकाे छलफल बाट अब उक्त क्षेत्रमा लकडानउकाे समय अवधि भर कुनै पनि गाडी नल्याउने र अरू बेलाकाे समयमा पनि गाडी बाट सामन झार्न नपाउने गरि निर्णय गरिएकाे छ ।  अरू बेला बेलुका १० बजे देखि ४ बजे सम्म सामाना झार्न नपाइने  निर्णय गरीएकाे  दमक उधाेग वाणिज्य संघका  प्रथम उपाध्यक्ष राजु खड्काले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here