दमकका बैंक तथा बित्तिय संस्थाकाे अटेरीपन, मानेनन् स्थानिय तहकाे निर्देशन जाेखिम बढ्ने खतरा

0
2133

दमक, झापाकाे दमकमा शुत्रवार समुदाय स्तरमा काराेना भाइरसकाे संक्रमण देखिए पछि स्थानिय सरकारले एक साताकाे लागि लक डाउन गरेकाे छ ।

दमक नगरपालिकाले दमक क्षेत्र भरी लागु हुने गरी कुनै पनि व्यापार, व्यवसाय, पसल, उद्योग, निर्माण कार्य  तथा सरकारी कार्यालय र बैंक वित्तिय संस्थाहरु सबै बन्द गर्ने गरी लकडाउन गरिएको घाेषणा गरी सकेकाे छ ।

नगरपालिकाकाे यही निर्णयलाइ बेवास्ता गर्दै दमकमा संचालनमा रहेका केही बैक तथा बित्तिय संस्थाहरू भने संचालन गरीरहेकाे बुझिएकाे छ ।  लक डाउन भएकाे बेला बैंकले गाउँ गाउँ पठाउने गरेकाे  बुझिएकाे छ  । यसरी थप संक्रमणकाे जाेखिम बढ्ने खतरा बढेकाे देखिन्छ ।   यस्ताे अवस्थमा कार्यलयमा समेत व्यक्तिगत दुरी पनि कायम गर्ने गरी काम गर्ने व्यवस्था नभएकोले एकजना संक्रमित भए धेरैलाई फैलन सक्ने अवस्था छ ।

साेमवार मात्र दमकमा संचालनमा रहेकाे एक लघुबित्तका  २ जना कर्मचारीमा काराेना संक्रमण पुस्टीभएकाे थियाे ।  यसले पनि बैंकका कर्मचारीमा एकजना संक्रमित भए धेरैलाई फैलन सक्ने भन्द कर्मचारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here