दमकमा थप १० जनामा कोरोना संक्रमण,घरमै बस्न नगरपालिकाको आग्रह

0
2033

दमक/ झापाको दमकमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमा समुदायमाका र क्वारेन्टाइनमा रहेकाहरु रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । एकैपटक एकैदिन दमकमा सबैभन्दा धेरैमा कोरोना पोजेटिभ आएको यो पहिलो हो ।

चारदिन अघि बिद्यूत प्राधिरकणका ५ जना कर्मचारी सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

दिउसो ७ जना र अपरान्ह ३ जना गरेर आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १० जनामा ६ जना क्वारेन्टाइनका रहेकाछन् ।

यो संगै दमकमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । समुदायमा संक्रमण फैलिएपछि नगरपालिकाले भदौ ६ सम्मका लागि लकडाउन घोषणा गरेको छ । संक्रमण बढ्दै गएकाले लकडाउन थप लम्बिन सक्ने अनुमान गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here