दमक । लकडाउनले गर्दा व्यावसाय नै धराप भइरहेको बेला दमकमा भने पेरुङ्गो होटल सञ्चालनमा आएको छ । आज सोमबार देखि सेवा प्रदान गर्ने गरि पदम फियाक लिम्बु (बाटोघरे कान्छा)ले पेरुङ्गो सञ्चालनमा ल्याएका हुन् ।
दशक अघि देखि साहित्य क्षेत्रमा कलम चलाउदै आएका बाटोघरे कान्छा दमकमा कुरियर व्यावसाय सञ्चालन गर्दै आएका थिए । कुरियर सेवासँगै अब कान्छाले पेरुङ्गो होटल सञ्चालनमा ल्याएका हुन् ।
होटलमा मौलिक परिकारहरु वाचिप्पा, याङबेन, पेरुङ्गो डिक्स, सेकुवा, सुकुटी, तोङ्बा लगायतका परिकारहरु पाइने सञ्चालक बाटोघरे कान्छाले बताए । उनले भने होटलमा आएका ग्राहकहरुको सन्तुष्टिका लागि सेवा प्रदान गर्न पेरुङ्गो परिवार तयार रहेका छौं ।
सञ्चालकका आमा जीतमाया लिम्बूले रिबन काटेर होटलको उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा पत्रकार महासंघ झापाका सदस्य अनिलदेव राई, स्थानिय ब्यापारी लगायत उपस्थिति रहेको थियो ।