नेपालमा लायन्सकाे क्लबकाे ५० वर्ष, दमकमा गरियाे बिभिन्न कार्यक्रम

0
627

दमक /   नेपालमा लायन्स क्लब स्थापनाकाे ५० वर्ष पुरा भएकाे अवसरमा  दमकमा बिभिन्न कार्यक्रम गरी मनाइएकाे छ ।

नेपालमा लायन्स क्लबकाे इतिहास अब ५० वर्षे पुरनाे भएकाे छ । नेपालमा  मात्रिका प्रसाद काेइरालाले काे नेतृत्वमा भित्रिएकाे थियाे ।  “हामी सेवा गर्दछौं”   भन्ने मुल नारा लिए सेवामा लागि परेका  लायन्सकर्मीहरू हाल ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने नारा बनाए  सामाजिक गतिबिधिमा बिषेश गरी सेवामुलक काममा अग्र भागमा रहेर काम गरीरहेका छन् ।

स्थापनाकाे ५० वर्ष पुरा भएकाे अवसरमा नेपालमा रहेका क्बलहरूले आइतबार  देश भरिनै बिभिन्न कार्यक्रम गरी मनाए । झापाकाे दमक पनि लायन्स क्लबकाे हब भएकाे कारण आइतबार दिन भर दमकमा रहेका क्लबहरूले बिभिन्न कार्यक्रमहरू गरे । दमककाे सबै भन्दा पुरनाे क्लब लायन्स क्लब अफ दमक माउन्ट एभ्ररेष्ट र लायन्स क्लब अफ दमक युनाइटेडले दमककाे मुख्य बजारमा रहेकाे नमुना बजारमा साझमा दिप प्रज्वलन र  केक काटेर गोल्डन जुबली मनाए । त्यस्तै लायन्स क्लब अफ इस्टर्न लायन्सले रक्तदान र मास्क बितर गरेकाे थियाे । लायन्स क्लब अफ  दमक बिग बुद्ध, लायन्स क्लव अफ दमक माउन्ट मकालु, लायन्स क्लव अफ उर्लाबारीले सुमन फर्निचर दमककाे सहकार्यमा उर्लाबारी नगरपालिका १ काे सुकुम्बासी बस्तिका विपन्न २ परिवारलाई खाद्यान्न सामाग्री तथा फर्निचर वितरण गरेका थियाे ।

त्यस्तै  लायन्स क्लब अफ  दमक  लखनपुरले कमल गाउपालिकाकाे पाडाजुगीमा दिप प्रज्वलन गर्याे । लायन्स क्लव अफ सेविकाले दमकमा छालादान सम्बन्धि सचेतना कार्यक्रम गर्याे । लायन्स क्लब अफ दमक मिड टाउनले  दमककाे पशुपति मन्दिरमा काेराेना भाइरस काेभिड १९ बाट सुरक्षित हुनका लागि सामाजिक दुरकाे अभ्यासका लागि मन्दिर परिसरमा चेतना मुलक कार्य गर्याे ।  लायन्स क्लब अफ दमक गाेल्डले  दमक ७ मा रहेकाे एक परिवार लाइ खाद्यान्न समाग्री सहयाेग गरेकाे थियाे । लायन्स क्लब अफ दमक श्रिअन्तु, लायन्स क्लब अफ दमक ग्रिनसिटि र लायन्स क्लब अफ दमक स्विट सिटि लगायतले दमककाे मुख्यचाैकमा दिप प्रज्वलन गर्नुकाे साथै दमक र उर्लाबारीमा काेराेना भाइसर र ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम गरेका थिए  । क्लबहरूले गरेकाे कार्यक्रम दमकमा लायन्स लिडरहरूकाे समेत उपस्थिती रहेकाे थियाे ।

सन् १९१७ मा स्थापना भएकाे लायन्स क्लबकाे हाल सम्म १४ लाख बढी सदस्य रहेका छन् भने लायन्सकाे नेपालमा मात्र ९ सय बढी क्लबहरू रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here