सेवामा निरन्तर पाइला चाल्दै पहिलो पाइला नेपाल दमक शाखा

0
393

दमक । तीन दिन अघि जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका झापाको कमल ५ का रोहित रेग्मीको परिवारलाई सामाजिक सस्था पहिलो पाइला नेपाल दमक शाखाले आज नगद १० हजार एक सय २० रुपैयाँ सहयोग गरेको छ ।

सस्थाका सदस्यहरुले पीडित परिवारलाई राहत स्वरुप संकलन गरेको सो रकम आज शिवसताक्षी धरमपुरस्थित रेग्मीका आफन्तको घरमा पुगेर हस्तान्तरण गरेको हो ।

सस्थाका अध्यक्ष दिपक खडका, उपाध्यक्ष सुरेस बराल, सचिब मेघनाथ फुयाल , सस्थाका सल्लाहकार तथा दमक उधोग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का लगायतको समुहले पीडित परिवारलाई भेटेर सो सहयोग रकम हस्तान्तरण गरेका हुन ।

अध्यक्ष खड्काले रेग्मी परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएको हुँदा सदस्यहरुले स्वतस्फूर्त रूपमा आफुहरुबाट संकलन गरेको सहयोग रकम काजकिरियामा सहयोग पुगोस भनेर हस्तान्तरण गरेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here