दमकका एक सहित प्रदेश एकमा १४० जनामा काेराेना संक्रमण पुष्टि

0
491

दमक/झापाको दमकमा गत बुधबार स्वाव संकलन गरिएको एक जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
पोजिटिभ देखिएका सशस्त्र प्रहरी ( पुरुष) हुन् । उनलाई यस अघि संक्रमण देखिएका व्यक्तिसंगको कन्ट्रयाक ट्रेसिङका आधारमा स्वाव संकलन गरि परिक्षणका लागि प्रयोगशाला पठाइएको थियो ।

दमकस्थित क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य कुवेर भट्टराईले ति सशस्त्र प्रहरीको पीसिआर रिपोर्ट पोजिटिभ आएको पुष्टि गरे । दमकमा सो दिन स्वाव संकलन गरिएका १०७ मध्ये ४७ जनाको रिपोर्ट आएको र एक जना बाहेक अन्य ४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले समेत दमकमा एक  नासहित प्रदेश एकमा कूल १४० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

९६ जनाको नमुना संकलन
यसैबीच हिजो दमकमा गरिएको मास टेस्टीङका क्रममा ९६ जनाको नमुना संकलन गरिएको छ । नगर प्रमुख रोमनाथ ओलीसहित जनप्रतिनिधि, उद्योगी व्यवसायी, राजनीतिक दलका नेता, पत्रकार समेत सो संख्यामा नमुना संकलन गरिएको हो । उनीहरुको रिपोर्ट बिहिबार सम्म आउने अनुमान छ । दमकमा बनाइएका क्वारेन्टाइनमा हाल ७ महिला सहित कूल ३५ जना रहेका सदस्य भट्टराईले जनाएका छन् । ति मध्ये १३ जनाको नमुना संकलन भइसकेको छ । अन्यको आउँदो बुधबार संकलन गरिनेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here