दमक पब्लिक लाइब्रेरी युथ टिमकाे नेतृत्वमा आशीष न्यौपाने

0
433

झापा/दमक पब्लिक लाइब्रेरी युथ टिमको २३ सदस्यीय समिति गठन भएको छ ।

 दमकमा सम्पन्न भएकाे  साधारण सभा बाट युथ टिम दमकमा अध्यक्षमा आशीष न्यौपाने, उपाध्यक्षहरु बिश्व प्रकाश तिम्सिना र आकाश अधिकारि, कानुनी सल्लाहकारमा बिपिन आचार्य, महासचिवमा नम्रता दाहाल, कोषाध्यक्षमा सपना लिम्बु, सचीवमा दिपेश रिमाल, सदस्यहरु सन्दिप बराल, आशा बिस्ट, सुबास शाह, पबित्रा खड्का, समीर गुरागाईँ, सन्देश सिवाकोटी, आरती खनाल, मिरा देबि भन्डारी, सरिता दाहाल, सन्दिप मैनाली, अनुसा कोइराला, रोशन निरौला, दिवश नेम्वाङ, निहारिका पोख्रेल सर्व सम्मतले निर्वाचित उएकाे निर्वाचन आयुक्त रुबिना बिस्टले बताइन् ।

लाइब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपानेको प्रमुख अतिथि रहेकाे कार्यक्रममा  विशिष्ट अतिथिमा डि पि एल राष्ट्रिय टिमका अध्यक्ष बिनोद उप्रेती र निर्वाचन आयुक्त प्रमुखमा रुबिना बिस्ट तथा निर्वाचन आयुक्त सदस्यमा दिनेश खड्का र दिवाकर गुरुङ रहेकेा थिए भनेअतिथिका रूपमा दमक पब्लिक लाइब्रेरी संस्थापक कोषाध्यक्ष देवेन्द्र प्रसाईं रहेका थिए ।

नव गठित टिमलाई डि पि एल बोर्ड टिम कोषाध्यक्ष देवेन्द्र प्रसाइले शुभकामना दिँदै अब टीमाले युवा जगतमा छुट्टै पहिचान कायम गर्ने विश्वास रहेको बताए । त्यस्तै दमक पब्लिक लाइब्रेरी संस्थापक अध्यक्ष भेषराज न्यौपानेले डी पी एल युथ टिमलाई राष्ट्रिय व्यापी रूपमा शाखा विस्तार गर्दै पठन संस्कृतिको विकास संगै युवा नेतृत्व , उत्तरदायित्व, जिम्मेवारी बहन तथा व्यक्तित्व विकासको अवधारणालाई अगाडि बढाउँदै पूर्ण रूपमा टिमले जिम्मेवारी पूरा गर्ने विश्वास रहेको भन्दै शुभकामना दिए ।

त्यसै कार्यक्रम मार्फत आफ्नो नेतृत्वमा नवनिर्वाचित टिमले बक्ताहरुको कुनो(Speaking Corner), उद्यमशिल बहस,Community Outreach Programme ,साहित्यिक कार्यक्रम, सीप बिकास तालिम, लाइब्रेरी साझ र विभिन्न समाज रुपान्तरण मा महत्व राख्ने कार्यक्रमहरुलाई महत्वका साथ सन्चालन गरिने नवनिर्बाचित टिमका अध्यक्ष आशिष न्यौपानेले जानकारी दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here