बाल आश्रमलाई अमेरिका निवासी भक्त गुरुङको सहयोग

0
459

झापा / दमक २ मा रहेको हाम्रो बाल आश्रमलाई अमेरिका निवासी भक्त गुरुङले जन्मदिनको अवसरमा खेलकुद सामाग्री सहयोग गरेका छन् |

आज आश्रममा एक कार्यक्रम गरी निम्स अस्पतालका एकाउन्टेन्ट रोसन थापा मार्फत आएको उक्त सामाग्री लाई साहित्यकार संकर चापागाईं (धनकुटे कान्छा ) र नेपाली काग्रेष नगर सभापती राेसन बिष्टको उपस्थितीमा बाल आश्रमका सचिब साजन श्रेष्ठलाई खेलकुद सामाग्री तथा बाल बालिकाकोलागि आवश्यक सामाग्री हस्तान्तरण गरीएको हो । सामाग्री हस्तान्तरण पछी बाल बालिका संग रक्षा बन्धन मानउदै बाल बालिकालाई खाना समेत खुवाइएको थियो ।

हाल गुरुङ अमेरीका बसे पनि आफ्नो जन्मदिनको अवसरमा आफुले कमाएको केही रकम बाट आश्रममा रहेका बाल बालिकाको लागि पढाई सगै अतिरिक्त कृर्याकलापमा समेत सकृय रहुन् भन्ने उध्येश्य अनुरुप उक्त सामाग्री सहयोग गरेको कार्यक्रम संयोजक रोसन थापाले बताए ।

चार बर्ष अघि संचालनमा आएको आश्रममा हाल ७ जना बाल बालिका रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here