दमकमा घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण, वृद्ध–वृद्धा  खुसी

0
870

दमक / झापाकाे दमक नगरपालिका वडा नम्बर ९ मा घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ ।

काेराेनाकाे भाइसकाे कारण ‘लकडाउन’ खुले पनि बिभिन्न समस्यमा परेर बैकं सम्म पुग्न सक्ने अवस्था नरहेका वडा भित्रका ३५ जना वृद्ध–वृद्धा तथा शारिरिक रूपमा अशक्तहरूलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो ।

सरकारी सेवा घरमै दिने उद्देश्यले बिभिन्न समस्यामा परेर  घरमै बसेका वृद्ध–वृद्धालाइ  घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको वडा नम्बर–९ का  वडा सदस्य समिन रिजालले जानकारी दिए । उनले  नागरिकले सहज महसुस हाेस् भनेर घरमै सामाजिक सुरक्षा भत्ता वितरण अभियान थालेको बताए ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडाध्यक्ष राम बहादुर धिमाल, वडासचिव  लक्ष्मी दुलाल र वडासदस्य हिमालय बैंक दमक साखा को कर्मचारीसहितको टोली घर–घरमा पुगेको हो । आफ्नै घरमा सामाजिक सुरक्षा भत्ता पाउँदा  अाेछ्यानमा थल्लिए बसेका वृद्ध–वृद्धा  खुसी भएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here