विराटनगर भदौ १ गतेसम्म लकडाउन

0
407

विराटनगर । कोरोना संक्रमण जोखिम बढेपछि विराटनगर महानगरपालिकालाई लकडाउन घोषणा गरिएको छ ।
शुक्रबार महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज(शुक्रबार) राती १२ बजेदेखि लागु हुने गरि लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन घोषणा सँगै भदौ १ गतेसम्म व्यापार व्यवसायसहित सम्पूर्ण रुपमा बजार बन्द रहने छ । अत्यावश्यक सेवादेखि बाहेक अन्य सबै व्पापार तथा व्यवसाय बन्द गरिने मेयर भीम पराजुलीले जानकारी दिए ।
अत्यावश्यक वस्तुको आवातजावतमा समेत प्रोटोकल लागु गरिने छ । समय व्यवस्थापन गरेर मात्रै आउजाउ हुनेछन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here