अनाथ बाल आश्रमलाई पहिलो पाईलाकाे सहयोग

0
531

दमक। पहिलो पाईला दमकले झापाको दमक–९ मा रहेको अनाथ बाल आश्रमलाई सहयोग गरेको छ ।

पहिलो पाइला दमकका अध्यक्ष दीपक खड्काले आफ्नो छोरा साइनको जन्मदिनको उपलक्ष्यमा पहिलो पाईलालाई दिएको सहयोग संस्थाले शुक्रबार एक कार्यक्रमका बीच आश्रमकी उपाध्यक्ष मन्दिरा पौडेललाई हस्तान्तरण गरेको हो ।

संस्थाका केन्द्रीय अध्यक्ष विजय खड्का, दमक शाखाका अध्यक्ष दीपक खड्का लगायतले उक्त सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै आश्रमकी उपाध्यक्ष पौडेलले अनाथहरुलाई खुसी पार्न सहयोग गरेको भन्दै खुसी ब्यक्त गरीन्। उनले पहिलो पाईलाले यसअघि पनि सहयोग गरेको भन्दै पहिलो पाईलाको सफलताको कामना  समेत गरीन्

पहिलो पाईलाले आश्रमलाई डिस होम, भुजा, चाउचाउ, विस्कुट लगायत सहयोग गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दीपक खड्काले आश्रममा रहेकालाई टेलिभिजन हेर्न सहज होस भन्ने उदेश्यले डिस होम सहयोग गरेको बताए । उनले पहिलो पाईला सामाजिक कार्य गर्नकै लागि स्थापना भएकाले सहयोग जारी रहने पनि प्रतिक्रिया दिए । कार्यक्रममा दमक उधाेग वाणिज्य संघका प्रथम उपाध्यक्ष तथा पहिलाे पाइला दमक शाखाका हल्लाहकार राजु खड्का लगायत शाखाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here