दमक पब्लिक लाइब्रेरीकाे राष्ट्रिय टिम गठन

0
549

दमक, १६ साउन / दमक पब्लिक लाइब्रेरी युथ टीम को साधारण सभा तथा डी पी एल राष्ट्रिय टिमको १३ सदस्यीय समिति गठन भएको छ ।

दमक पब्लिक लाइब्रेरीमा भएकाे सभामा पहिलो चरणमा साधारण सभा सम्पन्न भयो भने दोस्रो चरणमा निर्वाचन प्रक्रिया सम्पन्न भयो। साधारण सभा युथ टीम सचिव आशिष न्यौपाने ले सहजीकरण गरेका थिए । डी पी एल राष्ट्रिय युथ टिममा राष्ट्रिय अध्यक्षमा  बिनोद उप्रेती, वरिष्ठ उपाध्यक्षमा रुबिना बिस्ट, उपाध्यक्षहरुमा दिवाकर गुरुङ र दिनेस खडका, महासचिवमा हेमन्त नेपाल, कोषाध्यक्षमा भोला राजवंशी, कानुनी सल्लाहकारमा मिलन तामाङ र सदस्यहरूमा सपना न्यौपाने, दिवाकर पाँचकोटि, रेखा ढुंगाना, लक्ष्मी न्यौपाने, मदन सापकोटा र प्रबिण पाठक रहेकाे निर्वाचन आयुक्त जीवन सापकोटाले जनाकारी दिए ।

नव गठित टिमलाई कार्यक्रमका प्रमुख अतिथि दमक पब्लिक लाइब्रेरी संस्थापक अध्यक्ष भेषराज न्यौपानेले डी पी एल युथ टिमलाई राष्ट्रिय व्यापी रूपमा शाखा विस्तार गर्दै पठन संस्कृतिको विकास संगै युवा नेतृत्व, उत्तरदायित्व, जिम्मेवारी बहन तथा व्यक्तित्व विकासको अवधारणालाई अगाडि बढाउँदै पूर्ण रूपमा राष्ट्रिय टिमले जिम्मेवारी पूरा गर्ने विश्वास रहेको भन्दै शुभकामना दिए । विशिष्ट अतिथि नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी ले शुभकामना दिँदै अब टीमाले युवा जगतमा छुट्टै पहिचान कायम गर्ने विश्वास रहेको बताए । दमक पब्लिक लाइब्रेरी सचिव हरी सिटौला र दमक पब्लिक लाइब्रेरी सञ्चालक समिति सदस्य भरत चम्लागांईले नव गठित टिमलाई शुभकामना मन्तव्य दिँदै टीम सँग धेरै आशा रहेको समेत बताए । कार्यक्रममा पुष्प नेपाल दमक पब्लिक लाइब्रेरी संस्थापक सचिव हरी सिटौला, संस्थापक कोषाध्यक्ष देवेन्द्र प्रसाईं  लागयतकाे उपस्थिती रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here