नेपाल जेसिजकाे एरीया ए प्रेसिडेन्ट मिट सम्पन्न

0
433

दमक /  नेपाल जेसिजकाे एरीया ए काे प्रेसिडेन्ट मिट २०२० सम्मपन्न भएकाे छ ।

झापाकाे दमकमा शनिबार भएकाे प्रेसिडेन्ट मिट २०२० मा एरीया ए अन्तरगतका ३९ वटा शाखाका अध्यक्षहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा सबै शाखाका अध्यक्षहरूले आफ्नाे शाखाले गरेका कामहरूकाे रिपार्ट प्रस्तुत  गरेका थिए । उक्त कार्यक्रममा शाखाहरूले आगामी  दिनमा के कस्ता कार्यगर्ने भन्ने बिषयमा समेत छलफल भएकाे दमक जेसिजका महासचिब सन्जिब बरालले जानकारी दिए ।

 कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीज निवर्तमान अध्यक्ष महेश पौडेल, बिशेष अतिथि नेपाल जेसीजका पुर्व अध्यक्ष प्रकाश अधिकारी,नेपाल जेसीजका,बिजय गुरूङ्ग,कृष्ण साप्काेटा,गाेविन्द राज पङ्गेनि,कन्चन झा, ब्यवसायी भाेलेश्वर दुलाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here