दमकमा महिलाहरुले आफ्नो अधिकारका लागि गरे मौन प्रदर्शन

0
2567

झापा / झापाको दमकमा शनिबार महिला अधिकारकर्मीहरुले आफ्नो अधिकारका लागि मौन प्रदर्शन गरेका छन् । दमकको गणतन्त्र चोकमा भेला भएका महिला अधिकारकर्मीहरुले पछिल्लो समय पत्नीको विभत्स हत्या गर्ने पूर्व डिआइजी रञ्जन कोइरालालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले गरेको फैसलाका विरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी महिलाहरुले मेरो शरिर मेरो अधिकार, हत्यारालाई सजाय देउ, नालायक चोलेन्द्र मुर्दाबाद लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । कतिपय प्रदर्शनकारीहरुले मेरो ढाड मेरो अधिकार ….नारा ढाडमा लेखेर प्रदर्शन गरे ।

केहि किशोरीहरुले सिम्बोलिक रुपमा एसिड प्रहार भएको भान हुने गरी अनुहारमा रातो पातेर प्रतिकात्मक रुपमा पीडा देखाएका थिए । जसले पछिल्लो समयमा महिलामाथि भएको एसिड आक्रमणको बिषयमा राज्य तथा समाजको ध्यानकर्षण गराएको थियो ।

सामाजिक सञ्जालमा भएको आह्वानपछि स्वतस्र्फुत रुपमा यो प्रर्दशन भएको पनि जनाईएको छ । अदालतको पछिल्लो निर्णयको बिषयमा जनमानसमा आक्रोश रहेको छ । श्रीमतिको हत्यरालाई पहुँच र आर्थिक प्रलोभनमा अदालतले रिहा गरेको आरोप लागेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here