रोट्याक्ट क्लब दमकले सुरु गर्यो बुकबिन, बन्ने भयो गाउँ गाउँमा लाइब्रेरी

0
372

साउन । गाँउमा लाइव्रेरी स्थापना गर्ने उद्देश्यले रोट्याक्ट क्लब अफ दमकले आजदेखि किताव संकलन शुरु गरेको छ । क्लवले शनिबार देखि गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि बुक बिनको औपचारिक उद्घाटन गरि गाँउमा लाइव्रेरी कार्यक्रम भाग २ सुरुवात गरेको हो । रोट्याक्ट क्लब दमक बिगत ३ बर्षदेखि दमकमा रहेर विविध सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

पठन संस्कृतिको बिकास संगै समाजमा शैक्षिक जागरण र चेतना विकास गरि गाँउगाँउमा लाइब्रेरी स्थापना गर्न औपचारिक रुपमा कार्य शुरुवात गरिएको क्लबका अध्यक्ष दधिराम ढकालले वताए ।समाजमा ब्याप्त सामाजिक फोहोरलाई बुकबिन मार्फत सफा गरिदै लगिने र लाइब्रेरीबाट समाज परिवर्तनमा युवाहरुलाई समावेश गराउने लक्ष्य राखिएको उनले वताए ।

बुक बिन उद्घाटन कार्यक्रममा दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी ,रोटरी क्लब दमककी अध्यक्ष शान्ता ढकाल,रोटरी क्लब दमकका पूर्व अध्यक्षहरु गंगा ढकाल,मोहन ढकाल,सन्दिप चापागाईं,मुक्तिनाथ भट्टराई तथा विभिन्न सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उपमेयर अधिकारीले बुक बिनमा किताब छिराएर औपचारिक रुपमा उद्घाटन गरेकी थिईन् । सो अवसरमा एकैदिन २०० थान किताबहरु सङकलन भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here