नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो, २३२ संक्रमित थपिए

0
285

काठमाडौं, असार २० । नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

पछिल्लोपटक गोरखाको पालुङटार नगरपालिकाका ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृतक दुवैजनाको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको जानकारी दिए। पछिल्लो २४ घन्टामा थप २३२ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १५ हजार ४९१ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २७२ जना घर फर्केका छन् । अहिलेसम्म कोरोनाबाट मुक्त भएर घर फर्कनेको संख्या छ हजार ४१५ पुगेको उनले बताए ।

पछिल्लो २४ घन्टामा चार हजार ५० ओटा ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर नौ हजार ४२ जना ‘आइसोलेसन’मा रहेका छन् । ३३ हजार १२५ जना ‘क्वारेन्टिन’मा रहेका जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here