सेवा मुलक कार्यमा दमकका लायन्स क्लबहरू निरन्तर अगाडी

0
597

 दमक/ झापा दमकमा सकृय रूपमा रहेका लायन्स क्लबहरू मिलेर आइतबार बिभिन्न कार्यक्रम गरेका छन् ।

दमककाे रेडक्रसकाे साेसाइटी उपशाखा दमकमा आज एक  कायर्क्रम गरी दमकमा सकृय रूपमा सामाजिक क्षेत्रमा कृयाशिल रहेका लायन्स क्लब अफ दमक माउन्ट एभ्रेष्ट, लायन्स क्लब अफ दमक  इस्टर्न लाइन, लायन्स क्लब अफ दमक बेलसिटी, लायन्स क्लब अफ दमक युनाइटेड, लायन्स क्लब अफ दमक राइजिग इस्टर्न लाइन र लायन्स क्लब अफ दमक मिड टाउनले  संयुक्त रूपमा व्हीलचेयर प्रदान गरेका छन् ।

डिस्ट्रिक ३२५ ए वानका इन्टरटेन्मेन्ट चिफ बबर जंग थापा (किरण)काे प्रमुख आतिथ्यतामा  दमक  ७ निवासी १० बर्षिय जानुका धिमाल लाइ  व्हीलचेयर  प्रदान  गरीएकाे थियाे । कार्यक्रम लायन्स क्लब अफ दमक माउन्ट एभ्रेष्ट अध्यक्ष दिनेश अग्रवालकाे अध्यक्षतामा भएकाे थियाे भने ६ वटै क्लबका पधादीकारी तथा सदस्यहरूकाे उपस्थिती रहेकाे थियाे ।

 लायन्स लिडर सम्मान 

साेही अवसरमा लायन्स क्लब अफ दमक माउन्ट एभ्रेष्ट र लायन्स क्लब अफ दमक  युनाइटेडले संयुत रूपमा लायन्स लिडर सम्मान कार्यक्रम समेत सम्पन्न गरेकाे छ ।

दमकमा रहेकाे सबै भन्दा पुरानाे लायन्स क्लब  दमक माउन्ट एभ्रेष्टका सस्थापक अध्यक्ष कृष्ण भक्त सुबेदीलाइ दुइ क्लबले कदर पत्र सहित दाेसल्लाले सम्मान गरेका  हुन् । सुबेदीकै कारण दमकमा लायन्स क्लबहरूकाे इतिहास याे स्थानमा पुग्न सफल भएकाे लायन्स क्लब अफ दमक  युनाइटेड अध्यक्ष प्रकाश गजमेरले बताए । दमकमा १८ बर्ष अगाडी सुबेदीकाे नेतृत्वमा खुलेकाे क्लबकाे मातहतमा हाल सम्ममा दमक क्षेत्रमा मात्र १७ वटा क्लबहरू खुलेर सामाजिक गतिबिधिमा सकृय रहेका छन् । उक्त कार्यक्रम लायन्स क्लब अफ दमक  युनाइटेड अध्यक्ष प्रकाश गजमेरकाे अध्यक्षतामा भएकाे थियाे भने दुबै क्लबका पधादीकारी, लायन्स लिडरहरू तथा क्लबका सदस्य हरूकाे उपस्थिती रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here