पहिलो पाइला दमक शाखाको अध्यक्षमा पुर्ण कुमार खड्का (दिपक)

0
627

दमक। पहिलो पाइला दमक शाखाले नयाँ नेतृत्व चयन गरेको छ । शाखाले दमकमा सामाजिक कार्यमा निकै सकृय रहेका  पुर्ण कुमार खड्का (दिपक) को नेतृत्वमा १० सदस्यीय समिति गठन गरिएको छ ।

दुई उपाध्यक्ष सहित गठन गरिएको पहिलो पाइला दमक शाखाको प्रथम उपाध्यक्षमा निशा घिमिरे र द्धितीय उपाध्यक्षमा सुरेश बराल चयन  भएका छन् ।

त्यस्तै सचिवमा मेघनाथ फुयाल चयन भएका छन भने सह-सचिवमा राजु निरौला, कोषाअध्यक्षमा दिवस खतिवडा र सह-कोषाध्यक्षमा प्रविन सापकोटा चयन भएका छन् । समितिको सदस्यहरुमा रोशन अधिकारी, निस्चल घिमिरे र पुन भट्टराई चयन भएका छन् ।  निर्वाचित नयाँ समितिलाइ अाज एक कार्यक्रम गरी पुरानाे समितिले पद हस्तान्तरण गरेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here