ओलीको बचाउ गर्दै गृहनगरमा प्रदर्शन (फोटो फिचर )

0
1424

दमक/ आफ्नै पार्टीका नेताहरुबाट आलोचना भोग्न बाध्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा शनिवार दमकमा प्रदर्शन भएको छ ।

राष्ट्रियताका पक्षमा ऐतिहासिक रुपमानै अडान लिन सफल ओली नेतृत्वको सरकार विरुद्ध घेरावन्दि गरिएको र पूरा समय काम गर्न नदिने षड्यन्त्र भई रहेको भन्दै ओलीका शुभेच्छुकहरु सडक प्रदर्शनमा उत्रिएका हुन् । दमकको मुख्य चोकमा भएको कोणसभामा नेपाल जेसीजका पूर्वअध्यक्ष प्रकास अधिकारीले जनमत प्राप्त सरकार अवधी नपुगि परिवर्तन गर्दा अस्थिरता बढ्ने भएकाले अहिले सरकार परिवर्तन जरुरी नभएको बताए । राष्ट्रियता र राष्ट्रिय एकता बलियो पार्नु पर्ने समयमा आन्तरीक कलह र राजनीतिक अस्थिरता नमिम्त्याउन समेत उनले दल र नेताहरुलाई आग्रह गरे ।

कोण सभामा युवा संघ झापाका संयोजक शम्भु भण्डारीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली नेतृत्वको सरकार टिक्नु पर्छ भन्दा कसैले कार्वाही गरे आफु कार्वाही भोग्न तयार रहेको बताए । आयोजक मध्येका एक तथा युवा संघ दमकका संयोजक राम पौडेलले विदेशीको इशारामा अहिले सरकार परिवर्तन गर्ने षड्यन्त्र भई रहेकाले युवाहरुले देशव्यापी प्रदर्शन थालेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here