प्रदेश नं १ ३८ नयाँ सङ्क्रमित थपिए

0
244

विराटनगर, २० असार / प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच÷पाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिको छ । झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक÷एक, उदयपुरको वेलकामा पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६५३ पुगेको छ ।

यस्तै प्रदेशबाट शुक्रबार छ जना सङ्क्रमितको निको भई घर फर्केका छन् । घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ४०६ पुगेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here