झापामा २० सहित प्रदेश १ मा थपिए २६ कोरोना संक्रमित

0
408

मोरङ/ प्रदेश एकमा २६ जना नयाँ कोरोना भाइरस संक्रमित थप भएका छन्।

बुधबार प्रदेशको सामाजिक विकास मन्त्रालयले १४ जना महिला र १२ जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको जनाएको छ। मन्त्रालयका अनुसार झापामा २०, मोरङ र इलाममा समान २, सुनसरी र ताप्लेजुङमा समान १ जनामा संक्रमण पुष्टि भएको हो।

झापाको मेचीनगर नगरपालिकामा ६ महिला र एक पुरुष, बुद्धशान्ति गाँउपालिकामा २ महिला र ३ पुरुष, गौरादह नगरपालिकामा ३ महिला ४ पुरुष, गौरीगञ्ज गाँउपालिका १ पुरुष, मोरङको उर्लाबारी नगरपालिका र केराबारी गाँउपालिकामा १–१ पुरुषमा कोभिड १९ पुष्टि भएको हो।

त्यसैगरि, इलामको सुर्योदय नगरपालिकामा २ महिला, सुनसरीको इटहरी उपमहानगरपालिकामा १ महिला र ताप्लेजुङको फुङलिङ नगरपालिकामा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यससंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here