तीनै तहको समन्वयमा विकासमा जोड दिएका छौं : वडाध्यक्ष कुमार साम्सुहाङ्

0
703

दमक /  संघीयताको कार्यान्वयन तथा स्थानीय तहमा जनप्रतिनिधीको नेतृत्व स्थापित भए पछि गाउँ गाउँ सम्म विकासको लहर पुगेको छ । विगतको स्थानीय निकाय भन्दा शक्तिशाली र नागरिकको सवै भन्दा नजिकको सरकारको रुपमा स्थानिय तह सञ्चालनमा आए पछि नागरिकले आफ्नो सरकार आफ्नै वडामा पाउन थालेका छन् । वडा तह सम्म सरकार पुगेको प्रभावकै कारण वडा हुँदै टोल स्तर सम्म पनि विकासको लहर देखिन्छ । यसरी वडा र टोल स्तर सम्मनै विकासको लहर देखिएको स्थानीय तह, झापाको दमक पनि हो । यस नगरपालिकाका हरेक वडा र टोलमा अहिले विकासका कामहरुले तिव्रता पाएका छन् । यसै नगरपालिकाका वडा नम्बर ४  का वडाध्यक्ष कुमार साम्सुहाङ् संग विकास निर्माण र वडाले गरेकाे गतिबिधिका बारेका गरीएकाे  कुराकानी :-

आफ्नो कार्यकालको आधा समय विताईरहँदा, आफ्नो कामको मुल्याङ्कन कसरी गर्नु हुन्छ ?
आफ्नो कामको मुल्याङ्कन आँफै गर्न त गाह्रो कुरा हो । मेरो काम भन्दा पनि समग्र नगरपालिका र वडा समिति मार्फत वडामा विकासका कामहरु भएका हुन् । ति काम पनि कसरी भए र भई रहेका छन् भन्ने कुरा वडाबासीले हेरिरहनु भएको छ । हामीले भएको श्रोत साधनलाई बढि भन्दा बढि परिचालन गरि बढि प्रतिफल प्राप्त हुने ढंगबाट काम गर्दै आएका छौं । यो वडामा बढि ग्रामिण क्षेत्र रहेकाले पनि जनअपेक्षा त धेरैनै छ । ति अपेक्षा पूरा गर्न हामी टोल स्तरबाटनै योजना छनौट गरि त्यहि अनुरुप कार्यान्वयन गर्दै आएका छौं ।

हाल सम्मको अवधिमा यस वडामा मुख्य मुख्य कस्ता काम भएका छन् ?
धेरै त हामीले पूर्वाधार निर्माणमानै जोड दिएका छौं । जस्तो कि, कृष्णमन्दिर बेलडाँगी, तारावारी उत्तर तथा दक्षिण रिङरोड,ओम देवका मार्ग कालोपत्रे भएका छन् । संघीय सरकार मार्फत यस्ता ठुला योजनाहरुको काम भयो भने प्रदेश सरकार मार्फत पनि विभिन्न पूर्वाधार निर्माण गरिए । अडियामल तथा अर्नाखाडी ग्रामथान घेरावारा गरिएको छ । हामीले तीनै तहका सरकार विच समन्वय गरि यस्ता योजनाहरु कार्यान्वयन गरि रहेका छौं । केहिमा संघीय तथा प्रदेश सरकारबाट रकम प्राप्त भएको छ भने वडा तथा नगरका तर्फबाट पनि कलभर्ट निर्माण, ग्राभेल लगायतका काम प्राथमिकतामा छन् । यस्तै नयाँ खानेपानी योजना सञ्चालनका आवश्यक काम अघि बढेको छ भने आधारभूत स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माण प्रकृया पनि अघि बढेको छ । यस विचमा मावा खोलामा १ किलोमिटर बाँध बनाईयो भने यो क्रम अझै पनि निरन्तर छ । यसरी हामी विभिन्न साना ठुला योजनामा काम गरि रहेका छौं ।

अबको बाँकी कार्यकालका योजना तथा लक्ष्य के छन् ?
लक्ष्य धेरै राखेर पनि हुँदैन । श्रोत साधनको अवस्था पनि हेर्नु पर्यो । त्यसैले हामीले केहि योजनालाई चाँहि गर्नै पर्ने कामको रुपमा हेरेका छौं । जस्तो कि, चियाबगान–बेलडाँगी सडक, पूर्वाञ्चाल र्र्बोिडङ हुँदैजाने सकड, मालपोतहुँदै बेलडाँगी जोड्ने सडक यि काम गर्नै पर्ने छन् । यि मध्ये केहिमा प्रकृया पनि शुरु भई सकेको छ । जुन तहको सरकारले काम गरे पनि आखिर विकास यहि ठाउँको हो । त्यसैले हामीले कुन सरकारले गर्नेभन्दा पनि के गर्ने भन्ने कुरालाई ध्यान दिनुपर्छ जस्तो लाग्छ । यस्तै हाम्रै पहलमा आधारभूतबाट मावि बनेको कृष्ण माविमा भवन, वशिष्ट गुरुकुलमा छात्रावास तथा भवन लगायतका काम पनि गर्नुपर्ने छ । यि लगायत कृषि, खेलकुद, बालबालिका तथा महिला लगायतका क्षेत्रमा पनि विभिन्न योजना सहित बाँकी अवधीमा धेरै काम गर्न सकिन्छ भन्ने लागेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here