रोटरी क्लव अफ दमक : सन्दिप चापागाईको कार्यकाल सकियो,आजदेखि नेतृत्वमा शान्ता नेपाल ढकाल

0
383

दमक ,झापा /रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिप चापागाई (दिपु) को कार्यकाल समाप्त भएको छ । सन् २०१९ र २० का अध्यक्ष चापागाईको कार्यकाल सकिएको मंगलबार क्लवको कार्यलयमा गरिएको सम्मान तथा धन्यबाद ज्ञापन कार्यक्रममा जानकारी दिइयो ।

अब क्लवको आगामी नेतृत्व शान्ता (नेपाल )ढकालले गर्ने बताइएको छ । क्लवले चाडै  नया समितिलाइ पद हस्तान्तरण समेत गर्ने जनाइएकाे छ ।  दमकमा सन् २०११ नोभेम्बर ३० मा स्थापना भई सक्रिय रहेको क्लवले शिक्षा, स्वास्थ्य,खानेपानी आर्थिक उर्पाजन लगायत ६ वटा शीर्षकमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

चापागाईले आफ्नो कार्यकाललाई महत्वपूर्ण र उपलब्धीमुलक लिएका छन् । उनका पालामा केहि ठुला र धेरै रचनात्मक कार्यहरु भएका छन् ।

क्लवले सन्दिपको नेतृत्वमा लाईफलाईन् अस्पतालसँग मिलेर रु ८० लाख बराबरको डाईलेसिस मेसिन र सञ्चालनका लागी विभिन्न काम र प्रक्रिया अगाडी बढाएको र कोरोनाका कारण केहि ढिला भएको यस्तै दमक ३ ताराबारीमा रोट्रयाक क्लव सँगको सहकार्यमा लाईब्रेरी स्थापना र दमक ६ थाना रोडमा आफ्नै कार्यलय स्थापना गर्नु ठुला उपलब्धीको रुपमा लिइएको छ ।

क्लवको सबैभन्दा पहिलो कार्यक्रम दमक पब्लिक लाईब्ररीलाई शैक्षिक सामाग्री बितरण गरेको थियो , त्यस्तै नमुना बालगृह उर्लाबारीलाई सम्मान ,पशुपति मन्दिरमा खानेपानी खाजा,चिया बितरण ,कमल गाउँपालिकाकी आर्थीक रुपमा विपन्न एकल महिलालाई खाद्यान्न बितरण ,बृद्धा आश्रममा गई उनिहरुसँग आत्मियता बाड्नु ,रथयात्रामा खानेपानी बितरण,बालबिकासलाई जोड दिदै विभिन्न कारणले विद्यालय छोडेका बालबालिकालाई शैक्षिक सहयोग,तिज कार्यक्रम ,रक्तदान कार्यक्रम ,कोरोनाको प्रकोपमा विभिन्न कार्यक्रम जस्तै : इलाका प्रहरी कार्यलय दमकलाई थर्मल गन मास्क ,सेनिटाईजर लगायतका सामाग्री बितरण ,पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग मिलेर दमकका २ सय बढी परिवारलाई खाद्यान्न बितरण ,एक लाख दमकबासी नागरिकलाई कोरोना सचेतना कार्यक्रम,स्वास्थ्य सचेतना ,कारोनालाई अवसरको रुपमा लिई धेरै काम भएको र दमक नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई रु १ लाख ४२ हजार सहयोग गरेको सन्दिपले बताए । उनले आफ्नो कार्यकालमा सहयोग पुर्याउने रोटरीकर्मी,पत्रकार लगायत सबै संघ संस्थालाई धन्यबाद दिए ।

कहाँबाट आउँछ रोटरीलाई रकम ?
सन्दिपले केहि ठुला कामहरुबाहेक यो बर्ष १६ लाख बढी रकम खर्च भएको बताए । रोटरी गैर नाफामुलक र विशुद्ध सामाजिक संस्था हो । यसका सदस्यहरु बिना अपेक्षा निस्वार्थ समाजसेवा गर्ने उद्धेश्यले आउँछन् सन्दिपले भने ।

उनले शुरुमा रोटरीकर्मीले निश्चित रकम जम्मा गर्ने र अन्तराष्ट्रिय रोटरी क्लवसँग सहयोग माग्ने गरेको बताए । नेपालभर रोटरीले करिब दुई करोड बढी एक बर्षमा खर्च गर्ने गरेको उनले बताए । फेरी नेपालका विभिन्न रोटरी क्लवहरुलाई रु ६० लाख रकम आउन लागेको सन्दिपले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here