लायन्स क्लब लखनपुरकाे पद हस्तान्तरण सम्पन्न

0
329

झापा, १६ असार /  लायन्स क्लब लखनपुरकाे पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

क्लबले आज एक कार्यक्रमका गरी नया समितिलाइ  पद हस्तान्तरण गरेकाे हो । आजबाट क्लबको अध्यक्षकाे जिम्मेवारी हेम सागर अधिकारीले सम्हालेका छन्  । उनलाई २०१९-२० का अध्यक्ष ज्ञानु पाैडेलले पद हस्तान्तरण गरेका हुन् ।

त्यस्तै आजैबाट क्लबको प्रथम उपाध्यक्षकाे जिम्मेवारी राजु खड्काले सम्हालेका छन् भने द्वितिय उपाध्यक्ष बिमल नेपाल ,तृतीय उपाध्यक्षमा रामचन्द्र मिश्र, सचिबमा दीपक खड्का, कोषाध्यक्षमा घनश्याम खनाल, सह सचिबमा रोशन दाहाल र सह कोषाध्यक्षमा युवराज पाठकले सम्महालेका छन् ।

डिष्ट्रिक ३२५ ए वानका एरिया चिफ बबरजंग थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एरिया कोअर्डिनेटर अजय अग्रवाल, जोन चियर पर्सन पवन अधिकारी, धर्मानन्द भट्टराइ, रिजन चियर पर्सन रामचन्द्र बराल, लायन्स क्लब अफ धनेश्वरका किरण भण्डारी, क्लबका पधादीकारी, संचारकार्मी  लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here