भारतीय राजदूतलाई देश निकाला गर्न बाबुराम भट्टराईको माग

0
228

काठमाडौं, १६ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गर्ने राजदूतलाई देश निकाला गर्न माग गरका छन् ।

प्रधानमन्त्री ओलीले हालै भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय भएको आरोप लगाएका सन्दर्भमा डा. भट्टराईले त्यस्तो षड्यन्त्र गरेको भए भारतीय राजदूतलाई किन देश निकाला नगरेको भन्ने प्रश्न गरेका हुन् ।

जनता समाजवादी पार्टीका नेतासमेत रहेका डा. भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गरेको भए त्यस्तो राजदूतलाई किन देश निकाला नगरेको भन्दै भने, ‘त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ ? राजदूतलाई बोलाएर किन स्पष्टीकरण लिनुहुन्न ? किन तुरुन्तै देश निकाला गर्न सक्नुहुन्न ?’

नागरिकता विधेयकको विरोधमा जसपाले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै भट्टराईले देश गम्भीर समस्यामा रहेको बेला प्रधानमन्त्रीले बेसुरा कुरा गर्दै हिँडेको आरोप पनि लगाए ।

कहिले पार्टी फुटाउने विधेयक ल्याउने, कहिले हाच्छ्युं गरेर कोरोना उडाइदिनुपर्छ भनेर जग हसाउने प्रधानमन्त्रीले अहिले आफूलाई हटाउन कुनै देशको राजदूतले षड्यन्त्र गरेको बताएको उनकाे भनाइ थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here