धमा धम बन्दै ट्राफिक प्रहरी कार्यालय दमकको सुबिधा सम्पन्न भवन

0
707

दमक । ट्राफिक प्रहरी कार्यालय दमक झापाको सुबिधा सम्पन्न भवन निर्माणकाे अन्तिम चरणमा पुगेकाे छ ।

गत साल बैशाख २३ गते शिलान्यास गरेर निर्माण सुरू गरीएकाे भवनकाे तेस्राे तलाकाे ढलान समाप्त भएकाे छ  । जम्मा दुई करोड ८३ लाख २७ हजार दुई सय ५० रुपैयाँमा तीन तले सुबिधासम्पन्न कार्यालय भवन निर्माण हुन लागेको हाे । भवनकाे निर्माण सम्मपन्न २०७७ साल बैशाखमा भनिएकाे भए पनि काेराेना भाइरसले गर्दा देशमा भएकाे लक डाउनकाे कारण केहि समय राेकिएकाे भवन निर्माणकाे काम हाल सुचारू भएकाे छ ।

१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय, दमक नगरपालिका र अन्य स्थानीयबासीहरुको सहयोगमा बन्दै गरेकाे उक्त भवनमा सुबिधासम्पन्न १४ वटा कोठा रहने र छुट्टै मेश समेत निर्माण गरिने  बताइएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here