परिवर्तन देखिन थालेको छ : वडाध्यक्ष नविन बराल

0
773

दमक / संघीयताको कार्यान्वयन तथा स्थानीय तहमा जनप्रतिनिधीको नेतृत्व स्थापित भए पछि गाउँ गाउँ सम्म विकासको लहर पुगेको छ । विगतको स्थानीय निकाय भन्दा शक्तिशाली र नागरिकको सवै भन्दा नजिकको सरकारको रुपमा स्थानिय तह सञ्चालनमा आए पछि नागरिकले आफ्नो सरकार आफ्नै वडामा पाउन थालेका छन् । वडा तह सम्म सरकार पुगेको प्रभावकै कारण वडा हुँदै टोल स्तर सम्म पनि विकासको लहर देखिन्छ । यसरी वडा र टोल स्तर सम्मनै विकासको लहर देखिएको स्थानीय तह, झापाको दमक पनि हो । यस नगरपालिकाका हरेक वडा र टोलमा अहिले विकासका कामहरुले तिव्रता पाएका छन् । यसै नगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष नविन बराल संग विकास निर्माण र वडाले गरेकाे गतिबिधिका बारेका गरीएकाे  कुराकानी :-

जनप्रतिनिधी भएपछि वडामा विकासका काम कसरी भईरहेका छन् ?
यो वडा ग्रामिण क्षेत्रले भरिएको वडा हो । यस्तै भुटानी शरणार्थी शिविर पनि यहि वडामा पर्दछ । तसर्थ हामीले एकातर्फ ग्रामिण क्षेत्रमा चाहिने पूर्वाधार निर्माण, बजार व्यवस्थापन, गरिवी निवारण, रोजगारी अभिवृद्धी, कृषि र पशुपालनको प्रवद्र्धन लगायत सवै आवश्यकताहरुलाई सम्बोधन गर्ने प्रयास गरि रहेका छौं भने भुटानी शरणार्थीहरुलाई स्थानीयबासीसँगको सहकार्य गराउँदै विभिन्न आयमूलक काममा सहभागी गराई रहेका छौं । यस वडामा हाम्रो कार्यकालको आधा समय वित्दै गर्दा परिवर्तन देखिन थालेको छ । यो कुरा मैले भन्दा पनि वडाबासीहरुले पनि भनि रहनु भएको छ ।

संघ र प्रदेशका योजनाहरु कसरी अघि बढेका छन् ?
यस वडामा संघ र प्रदेश सरकारका पनि विभिन्न योजनाहरु चालु अवस्थामा छन् भने कतिपय पूरा भईसके । वृहत योजनाको रुपमा भन्नु पर्दा भ्युटावर निर्माण भई रहेको छ भने वुद्धमूर्तीसहितको पार्क बनाउने स्थानमा घेराबाराको कामपनि थालिएको छ । यस्तै ढुकुरपानीमा सिमसारको संरक्षणको काम पनि भईरहेको छ भने चुलाचुली ढुंगे सडक पनि निर्माणको क्रममा छ । सुरक्षित आवाश कार्यक्रम अन्तर्गत विपन्न परिवारका लागि घर पनि बनाईएको छ । यस्तै प्रदेश मार्फत चुलाचुली खेलमैदानको स्तरीकरण, घेराबारा लगायतको काम भएको छ भने रिङरोडमा २ किलोमिटर पिच पनि भएको छ । ठुला योजनाका रुपमा मोरङ जोड्ने स्थानमा संघीय सरकार मार्फत मावा खोलामा पुल बनेर प्रधानमन्त्रीले उद्घाटन पनि गरि सक्नु भएको छ । कृष्णमन्दिर ढुकुरपानी सडक बनेको छ । दातृसंस्थाहरु मार्फत ढुकुरपानी मावि र चुलाचुली आधारभूत विद्यालयमा नयाँ भवन बनेका छन् । संघ र प्रदेश मार्फत मावाखोला ढुंगै पैनीको काम पनि भएको छ । दुम्से खानेपानीमा ट्याङ्की निर्माण पनि भई रहेको छ । प्रदेशबाटै जामुने सिमसारको संरक्षणका लागि काम गरिएको छ । यस्ता अरु पनि धेरै योजनाहरु यस वडामा सञ्चालन गरिएका छन् भने वडा र नगरपालिकाको तर्फबाट पनि साना पूर्वाधार निर्माण, शिपविकास, खेलकुद क्षेत्रकोविकास, लागुऔषध विरुद्ध सचेतना, सामाजिक सशक्तिकरण, कृषि र पशुपालनमा सहयोग लगायतका विभिन्न कार्यहरु गरिएको छ ।

यस वडामा अब प्राथमिकता दिनु पर्ने योजनाहरु केके छन् ?
गर्न त धेरै गर्नु पर्ने छ । कतिपय योजनाहरु हाम्रो श्रोत साधनले भ्याउँदैन । तर संघीय तथा प्रदेश सरकारबाट पनि केहि योजना अघि बढेका छन् । जस्तो कि, दुधेखोलामा झोलुङ्गे पुल निर्माणको प्रकृया अघि बढेको छ । बेलडाँगी बजारलाई व्यवस्थित बनाउन नगरपालिका र दातृसंस्था मार्फत कवल निर्माण गरिएको छ । अब त्यहाँ बजार व्यवस्थापन गर्न सके दमक बजारको चाप पनि घट्ने देखिन्छ । यस्तै गर्नै पर्ने काम मध्येमा हिमावि— ढुकुरपानी —महेशचोक सडकको काम संघीय सरकारबाटनै अघि बढेको छ । यो वडामा लामो समय भुटानी शरणार्थीहरुको बाक्लो बसोबास रहयो । अझै पनि केहि हुनुहुन्छ । उहाँहरुको इतिहासलाई संरक्षण गर्न एउटा संग्रालय बनाउने योजना पनि छ । त्यो पूरा भएमा विश्वका विभिन्न मुलुक पुग्नु भएका शरणार्थीहरुलाई नेपाल आउँदा पुग्नै पर्ने स्थानको रुपमा यसलाई स्थापित गर्न सकिने थियो । यिसँगै अरु कृषि, पशुपालन, रोजगारवृद्धी, साना पूर्वाधारहरु, खेलकुद र खेलमैदानको विकास लगायतका क्षेत्रमा पनि काम गर्नुपर्ने छ र ति हाम्रा प्राथमिकतामा पनि रहेका छन् ।

आफ्नो कार्यकालको करिव आधा अवधी कस्तो भए जस्तो लाग्छ ?
सकेसम्म वडाबासीको चाहना अनुसारनै काम गरिएको छ । सिमित श्रोत साधनका कारण कतिपय कामहरु चाहँदा चाहँदै पनि गर्न नसकिएको हुन्छ । ति कुरालाईहरु क्रमिक रुपमा पूरा गरिनेनै छ । समग्रमा भन्नु पर्दा वडामा विकासका कामहरु धेरै भएका छन् र अझै गर्न पनि धेरै बाँकी छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here