मेयरले हस्तान्तरण गरे बंगुरका पाठा

0
464

दमक, १६ असार, दमक ३ वडा समितिले बंगुरका पाठा वितरण गरेको छ । वडाका विपन्न दलित परिवारको आयआर्जनका लागि बंगुरका पाठा वितरण गरिएको हो ।

मंगलबार विपन्न दलित बस्तिमा आयोजीत कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले विपन्न परिवारलाई बंगुरका पाठा हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् । सो क्रममा उनले दलित तथा विपन्न परिवारको आर्थिक स्तर उकास्न नगरपालिकाले नीति कार्यक्रम तथा बजेटमा समेत प्राथमिकता दिएको बताए । यस्तै वडाले वितरण गरेका पाठाले अन्य पाठा उत्पादन गरे पछि आफुजस्तै अर्को एक परिवारमा पाठो उपहार दिएर आर्थिक विकासको क्षेत्रमा एकतावद्ध हुन समेत आग्रह गरे ।

वडा नं.३ का अध्यक्ष नविन बरालका अनुसार वडाको कार्यक्रम अनुसार ४० विपन्न दलित परिवारलाई बंगुरका पाठा प्रदान गरिएको हो । बंगुरका पाठा पाएका विपन्नहरुले प्राप्त पाठाले आफुहरुको आम्दानीवृद्धीमा सहयोग पुग्ने आशा व्यक्त गरेका छन् । स्थानीय रुपेश रोक्काले आफुहरुले पाएका पाठाबाट अरु उत्पादन भए पछि विपन्न परिवारलाई हस्तान्तरण गर्न तयार रहेको पनि बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना, नगर कार्यपालिका सदस्य टीकाराम बयलकोटी, वडा कार्यालयका सचिव सन्दिप सुवेदी तथा अन्य जनप्रतिनिधीहरुको पनि सहभागीता रहेको थियो । सोहि अवसरमा नगरप्रमुख सहितको टोलीले संघीय सरकार मार्फत दलित परिवारका लागि निर्माण गरिएका आवाशको पनि अनुगमन तथा निरीक्षण गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here