अपेक्षा पूरा गर्न क्रियाशिल छौ : वडाध्यक्ष ताराप्रसाद अधिकारी

0
699

दमक / संघीयताको कार्यान्वयन तथा स्थानीय तहमा जनप्रतिनिधीको नेतृत्व स्थापित भए पछि गाउँ गाउँ सम्म विकासको लहर पुगेको छ ।  विगतको स्थानीय निकाय भन्दा शक्तिशाली र नागरिकको सवै भन्दा नजिकको सरकारको रुपमा स्थानिय तह सञ्चालनमा आए पछि नागरिकले आफ्नो सरकार आफ्नै वडामा पाउन थालेका छन् । वडा तह सम्म सरकार पुगेको प्रभावकै कारण वडा हुँदै टोल स्तर सम्म पनि विकासको लहर देखिन्छ ।  यसरी वडा र टोल स्तर सम्मनै विकासको लहर देखिएको स्थानीय तह, झापाको दमक पनि हो । यस नगरपालिकाका हरेक वडा र टोलमा अहिले विकासका कामहरुले तिव्रता पाएका छन् । यसै नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष ताराप्रसाद अधिकारी संग विकास निर्माणका सम्वन्धमा गरीएकाे  कुराकानी :-

 

वडाध्यक्षको जिम्मेवारी सम्हालेको यो करिव ३ वर्ष कस्तो रहयो ?
लामो समय सम्म स्थानीय निकाय जनप्रतिनिधीबिहिन हुन पुगेको अवस्थामा स्थानीय तहको निर्वाचन भयो,, त्यसपछि हामी जिम्मेवारी लिनु पर्ने अवस्थामा आयौं । त्यसबेला नागरिकका आकांक्षाहरु उच्चहुनु स्वभाविकै थियो । हामीमा अवसर र चुनौती दुवै थियो । तीनै तहका सरकार विच समन्वय गर्दै हामीले नागरिकका अपेक्षा पूरा गर्न क्रियाशिल रहयौं ।

यस वडामा भएका मुख्य मुख्य योजना के रहेका छन् ?
जनप्रतिनिधीहरु आएपछि यस वडामा भएको महत्वपूर्ण काममध्ये दमक अस्पताल सञ्चालन र नियमित सेवा विस्तार हो । सिंगो नगरपालिकाकै पहलमा यस अस्पतालमा आकस्मिक सेवा, प्रयोगशाला, प्रसुती, विशेषज्ञ लगायतका सुविधाहरु उपलव्ध गराईदै आईएको छ भने नयाँ भवन पनि निर्माणको प्रक्रियामा छ । यस्तै अर्को महत्वपूर्ण काम तीन तहका सरकारविच समन्वय गरि एकिकृत नमूना बस्ती निर्माण हो । नगरका विपन्न तथा भूमिहिनहरुलाई नगरपालिकाले २३ ओटा भवन निर्माण गरि सम्वन्धित परिवारलाई हस्तान्तरण पनि गरि सकिएको छ । यो अर्को महत्वपूर्ण कार्य हो । यसै गरि यहाँको भृकुटी आधारभूत विद्यालयलाई स्तरीकरण गरि माविको रुपमा सञ्चालन शुरु गरिएको छ । यस विद्यालयमा प्रदेश सरकार मार्फत भवन निर्माण गरिएको छ भने वडा मार्फत घेराबारा लगायतका कामहरु गरिएको छ । यस्तै नगरपालिकादेखि नमूना बस्तीसम्म जाने सडक पिच गरिएको छ । कुमाल चोकमा ड्रेन निर्माण गरिएको छ । अर्को महत्वपूर्ण कुरा हामीले यस वडामा हिमालय वालविकास केन्द्र सञ्चालनमा ल्याएका छौं । यस्ता अरु पनि धेरै महत्वपूर्ण विकासका कामहरु गरिएको छ ।

वडावासीको बढि अपेक्षा कस्ता योजनामा पाउनुभयो ?
सवैको चासो र माग भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्यको सहजता, किसानहरुमा कृषिको आधुनिकीकरण जस्ता योजनाहरुमा छन् । यस विचमा हामीले सकेसम्म वडाबासीको अपेक्षा पूरा गर्दै सडक स्तरोन्नती, ड्रेन निर्माण लगायतका कामहरु पनि धमाधम भई रहेका छन् । विभिन्न समयमा चेतनामूलक कार्यक्रम, शिप विकास लगायतका काममा पनि वडाले आफ्नो श्रोत सधनले भ्याए सम्म काम गरेको छ । किरात याक्थुङ चुम्लुङ एवम् माझी जातिको संस्था मार्फत संस्कार संस्कृति संरक्षण र प्रवद्र्धनको काम पनि गरिएको छ । कोरोना महामारीको समयमा यस वडामा राहत वितरण गरियो भने विपन्न समुदायलाई लक्षित गरि अन्य सेवा प्रवाहलाई पनि हामीले जोड दिँदै आएका छौं ।

अबको बाँकी कार्यकालका योजना तथा लक्ष्य के छन् ?
हुन त, अझै पनि गर्नु पर्ने काम धेरै छन् । तर हामीले वडामा खानेपानी तथा विद्युत विस्तारलाई प्राथमिकतामा राखेर काम गरि रहेका छौं । नगरपालिकाको श्रोत साधन परिचालनसँगै प्रदेश तथा संघीय सरकारसँग समेत समन्वय गरि थप विकास निर्माणका कार्य सञ्चालनसँगै गरिवी निवारण, रोजगारी अभिवृद्धी, सामाजिक सशक्तिकरण लगायतका कार्य गर्न हामी प्रतिवद्ध छौं ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here