सामाजिक कार्यमा सकृय रहेको रोटरी क्लब दमकले खोल्यो आफ्नो सम्पर्क कार्यालय

0
402

दमक / रोटरी क्लब अब दमकले आफ्नो सम्पर्क कार्यालय संचालनमा ल्याएको छ ।

दमक ६ थाना रोडमा रहेको सम्पर्क कार्यालयको प्रमुख अतिथि दमक ६ का वडा अध्यक्ष टेक बाहादुर थापाले आज एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

दमक आसपासमा बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको क्लबले आफ्नाे गतिबिधि संचालनमा थप सहजताका लागी यो सम्पर्क कार्यलय स्थापना गरोको क्लबका अध्यक्ष सन्दिप चापागाईले बताए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले रेटरी क्लब दमकले दमक क्षेत्रमा गरेका सामाजिक कार्य निकै प्रशंसनिय रहेको भन्दै वडाले सामाजिक गतिबिधिमा क्लब सगं सहकार्य गररे अघि बढ्ने बताए ।

कार्यक्रममा क्लबले पुर्व अध्यक्षहरु कै कारण क्लब यो स्थानमा सम्म आउन सफल भएको भन्दै कार्यक्रममा उपस्थित पुर्व अध्यक्षहरु गंगा प्रसाद ढकाल, नबिन श्रेष्ठ, मुक्ति भट्टराइ,गंगा प्रसाद काफ्ले र मोहन ढकाललाई सम्मान गरेको थियो ।

आज दही चिउरा खाने दिन भएकाले उपस्थित सबै लाई दही चिउरा खुवाइएको थियो । कार्यक्रममा क्लबका पधादीकारी, सदस्य, सस्थापक सदस्य, रोट्र्याक क्लबका पधादिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यालय बाट रोटरी तथा रोट्र्याकले आफ्ना गतिबिघि हरु संचालन गर्ने जनाइएको छ ।

२०१९/२० का अध्यक्ष सन्दिप चापागाई को आजै बाट कार्यकाल सकिए सगै भोलि बाट नया समिति २०२०/२१ को अध्यक्षमा शान्ता नेपाल ढकाल रहने छिन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here