दमक नगरपालिका द्वारा नगरगान सार्वजनिक ( भिडियाे सहित )

0
629

दमक, १३ असार । झापाको दमक नगरपालिकाले आफ्नो नगरगान सार्वजनिक गरेको छ । शनिवार सातौ नगरसभा मार्फत नगरले आफ्नो नगरगान औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

युवराज आचार्यको शव्द तथा तुलसी पराजुलीको संगीत रहेको नगरगानमा नगरको विविधता र ऐतिहासिक महत्व रहेको समेटिएको छ । तुलसी पराजुली सहित गायक, गायिकाको आवाज रहेको नगरगानको भिडीयो धर्मराज ढकालको निर्देशनमा तयार पारिएको छ ।

सातौ नगरसभाले कृषि तथा पशुपञ्छी व्यवासय प्रवद्र्धन विधेयक, दमक प्रज्ञा प्रतिष्ठान विधेयक, समिति गठन र सञ्चालन सम्वन्धि कार्यविधि पारित गरेको छ । यस्तै विधायन समिति, न्यायिक समिति र लेखा समितिको प्रतिवेदन पनि सभामा पेश गरिएको थियो ।

विनियोजन विधेयक र अर्थ विधेयक समेत स्वीकृत गरेको नगरसभाले आगामी आर्थिक वर्षका लागि १ अर्व ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट अनुमोदन गरेको छ ।

https://www.facebook.com/doonlinetv/videos/583436909041908/

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here