के हो सलह ?

0
276

काठमाण्डाै,  विश्वमा कोरोनाभाइरसको महामारीअघि बाली नष्ट गर्ने सलह किरा अफ्रिकी मुलुकहरुमा देखापरेको थियो ।

अफ्रिकाका विभिन्न देशमा हजारौं हेक्टरको बाली नष्ट गरेर रसियातिर लागेको सलह रसियाबाट चीन पुगेको थियो । पछिल्लो समय पाकिस्तान र भारतमा आतंक फैलाइरहेको सलह अन्ततः नेपालमा पनि प्रवेश गरेको छ ।सुरुमा अफ्रिकी मुलुकहरुमा देखिएको सलहले इथियोपिया, केन्या, सोमालिया, तान्जानिया, युगान्डाजस्ता राष्ट्रहरुमा धानबालीमा नष्ट गर्दै चीन प्रवेश गरेको थियो ।

चीनपछि सो किराको समूह रसिया प्रवेश गर्दा त्यहाँको धानबालीमात्रै नष्ट गरेन, त्यहाँका घर–घरमा प्रवेश गर्दा सर्वसाधारणको दैनिकीसमेत प्रभावित बनेको थियो । अहिले सो किराको समूह पाकिस्तान र भारत हुँदै नेपाल प्रवेश गरेको छ ।

अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्नसक्ने सलह किराको समूह विश्वका कयौं राष्ट्रहरुमा प्रवेश गर्नेक्रममा रहेको छ । जुन चुनौतीकारुपमा देखिएको छ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलहलाई ‘प्लेग’को पनि संज्ञा दिएको ।

यो किराको समूहलाई नियन्त्रणमा लिन विश्वका थुप्रै राष्ट्रहरुले उपाय अपनाए तापनि सफल भने हुनसकेका छैनन् ।

६० वर्षअघि पनि देखापरेको सलहले विश्वका विभिन्न देशमा लाखौं हेक्टर बालीनाली नष्ट गरेको थियो । भारतमा भने २६ वर्षपछि आएको बताइन्छ । भारत र पाकिस्तानले पनि एक–अर्काको समन्वयमा सलहलाई नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् । सलह नियन्त्रणका लागि प्रविधि र सूचनाको आदान–प्रदान गर्ने गरिएको छ ।

यो किराको समूह लाखौं वा करोडौंको संख्यामा हुने र यसले सम्पूर्ण हरिया वनस्पतिहरू छोटो समयमा नै नष्ट गर्ने क्षमता राख्दछ । र, यो किरा एक दिनमा लगभग १३० किलोमिटरसम्म हुल बनाएर उड्ने गर्छ । यद्यपि, मानिसलाई भने यसले टोक्ने गरेको छैन ।

यही गतिमा हिँड्दा नेपालको पूर्वी भागबाट पसेकोे सलह तीनदेखि चार दिनमा पश्चिम भागसम्म पुग्न सक्छ । दक्षिण तराईको भागबाट तीन दिनमा देशको उत्तरी सिमाना पार गर्नसक्ने देखिन्छ । यसबाट यो किराको कृषिबालीमा क्षति गर्नसक्ने क्षमताको आँकलन गर्न सकिन्छ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनको तथ्यांकअनुसार साधारणतया यो किराले प्रतिदिन दुई ग्रामसम्म खान सक्छ ।

एक किलोमिटरको हुलमा हुने सलहको करिब चारदेखि आठ करोड संख्याले ३५ हजारजनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्दछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here