दमक नगरपालिकाले ल्यायाे १ अर्व बढिकाे बजेट, जवानीमा कर तिरे बुढेसकालमा फिर्ता पाइने

0
546

दमक, १४ असार । झापाको दमक नगरपालिकाले सातौँ नगरसभाबाट पारित गरिएको बजेट ,नीति तथा कार्यक्रमका बारेमा अन्तरकृया गरिएको छ ।

नगरपालिकाले आज आईतबार आफ्नै सभाहलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सातौँ नगरसभाबाट सर्वसम्मत पारित भएको आर्थिक बर्ष २०७७ र ७८ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले आर्थिक बर्ष २०७७ ,७८ का लागी १ अर्व ३१ करोड ३० लाख ३५ हजारको बजेट ल्याएको छ ।

कोरोना भाईरसका कारण जारी लकडाउनबाट नगरपालिकाको आन्तरिक आय र बिकास निर्माणका काममा परेको असरलाई मध्यनजर गर्दै आर्थिक बर्ष २०७७ र७८ बजेट तयार पारिएको नगरपालिकाकी उपमेयर तथा प्रवत्ता गीता अधिकारीले बताईन् ।

बजेट तर्जुमा गर्दा दमकमा रहेका सबै राजनैतिक दल ,संघ संस्था, नागरिक समाज ,निर्वाचित जनप्रतिनिधि लगायतको सुझावलाई आधार बनाई तयार गरिएको उनले बताइन् । पारित भएको बजेटले बिकास निर्माणका बाँकी काम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले जानकारी दिईन् । बजेटमा कोरोनाका कारण चालु आर्थिक बर्षमा अवरुद्ध भएका सबै बिकास निर्माण कार्यहरु आगामी बर्षमा पूरा गर्ने लक्ष्य लिइएको प्रतिवेदनमा उल्लेख छ ।

नयाँ बजेटमा सबैभन्दा बढी पूर्वधार बिकासका काममा जोड दिइएको छ । त्यसका लागी कुल बजेटको ३९ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै, बजेटले बिदेशबाट आएका युवाहरु लक्षित कार्यक्रमहरु समेटेको छ ।

नीति तथा कार्यक्रमसहित पारित वजेटका सम्बन्धमा नगर प्रमुख रोमनाथ ओली, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाले प्रष्टयाएका थिए । कार्यक्रममा नगरका विभिन्न वडाका वडाध्यक्षहरु लगायतको समेत उपस्थिति रहेको थियो । नगरपालिकाको असार १३ गते सम्पन्न नगरसभाले नीति तथा कार्यक्रमसहित वजेट सर्वसम्मत पारित गरेको थियो ।

यस्ता छन् बजेटका प्रमुख बिशेषताहरु
–कोरोना भाईरसको महामारीका कारण चालु आर्थिक बर्षमा अवरुद्ध भएका सबै बिकास निर्माण कार्यहरु आगामी आर्थिक बर्ष २०७७ र७८ मा पूरा गर्ने लक्ष्य लिइएको छ ।
–सडक पक्की गर्ने, ग्राभेल गर्ने ,पुल, कल्र्भट, भवन निर्माण ,ड्रेन निर्माण लगायतका कार्यहरु र आर्थिक ,सामाजिक बिकास कार्यक्रम अन्तर्गत तालिम ,रोजगारी सि
र्जना ,स्वास्थ्य बिमा जस्ता कार्यक्रहरुमा बस्तुगत लक्ष्य किटान गरिएको छ ।
–बिदेशबाट फर्किएर आएका वा जाने बाध्यता भएका ब्यक्तिहरुले आफ्नो सीप र क्षमता अनुसारको पेशा ब्यवसाय गर्न चाहेमा नगरपालिकाले जग्गा ,सिँचाई ,मल बिऊ लगायतका पूर्वधारमा लगानी गरी सामुहिक खेतिमा आबद्ध गर्न,खनौं आफ्नै माटो ,छौडौँ बिदेशको बाटो ,भन्ने अभियानका साथ ब्यवसायतर्फ उत्प्रेरित गर्ने ।
–कृषकलाई निश्चित मापदण्डका आधारमा उत्पादनमा अनुदान दिने ।
–दमक नगरमा रहेका दुई वटा माध्यमिक विद्यालय र एउटा आधारभुत विद्यालयलाई नगर नमुना विद्यालयको रुपमा बिकास गर्ने ।
–सामुदायिक विद्यालयका लागी २ वटा स्कुल बस खरिद गर्ने ।
–दमक अस्पताललाई यस क्षेत्रकै सुविधासम्पन्न अस्पतालको रुपमा बिकास गर्ने तथा आर्थिक बर्षमा सुविधासम्पन्न भवन निर्माण गर्ने तथा उपकरणको ब्यवस्था गर्ने ।
–आम्दा अस्पताललाई सुविधासम्पन्न सामुदायिक अस्पतालको रुपमा अघि बढाउने ।
–दमकका महिला उद्यममा पहिला ,भन्ने नारालाई साकार पार्ने र महिलाहरुलाई रोजगारी बनाउने उद्धेश्यले ग्रामीण उद्योग सञ्चालन गर्ने ।
–दमक ८ स्थित सरस्वती माबि इँटाभट्टाको जग्गा लिजमा लिई प्रदेश सरकारको सहयोगमा आधुनिक अग्र्यानिक सव्जीबजार बनाउने ।
–दमक ३ स्थित शहिद बनवाटिकामा डिपिआर अनुसारको निर्माणका कार्य गरी आउँदो हिउँदे सिजनबाट पर्यटकिय गतिविधी शुरु गर्ने र रोज गार्डेनको निर्माण पूरा गर्ने ।
–दमक ७ स्थित सुनचाँदी लाईनमा बहुउद्धेश्यीय ब्यवसायिक भवन सुनचाँदी टावर ,सार्वजनिक नीजि साझेदारबाट गर्ने कार्य ,दमक ७ स्थित पञ्चमुखी टोलमा ब्यवस्थित बजार निर्माण गर्ने तथा पशुहाटको पूर्व र उत्तरमा ब्यापारिक पसल कवल निर्माणको कार्य प्रारम्भ गर्ने ।
–कोरोना भाईरसका कारण धरासायी बनेको ब्यापार ब्यवसायको राहतका लागी ब्यवसाय करमा १० प्रतिशत देखि २५ प्रतिशत छुट र वहाल करको दर १० प्रतिशतको दरबाट घटाई बास्तविक मूल्यको २ प्रतिशतमा झारिएको
–रु ५००० –भन्दा बढी कर तिर्ने करदाताले तिरेको २५ प्रतिशत रकम छुट्टै कोषमा राखि करदाता ७० बर्ष पूरा भएपछि निजलाई फिर्ता दिने गरी करदाता सामाजिक सुरक्षा कोष खडा गर्ने ब्यवस्था गरिएको ।
–दमक नगरपालिकाभित्र दर्ता तथा सुचिकृत भई दमकलाई कार्यक्षेत्र बनाएर सञ्चालन भएका सञ्चारमाध्यमहरुलाई नगरपालिकासंग सहकार्य गर्ने गरी मासिक रकमको ब्यवस्था गरिएको ।
–विश्वको अग्लो बुद्धको मूर्ति निर्माण ,दमक भ्यु टावर,दमक सभाहल ,नेपाल चाईना फ्रेन्डसिप पार्क लगायतको कार्यहरु प्रारम्भ भईसकेकाले यसमा तिव्रता दिन नगरले साझेदारी र पहल गर्ने ।
– दमक बसपार्कलाई बहुतले बसपार्कको रुपमा बिकास गर्ने ,संघिय र प्रदेश सरकार समक्ष पहल गर्ने र साझेदारी रकमको ब्यवस्था गर्ने ।
– आगामी आर्थीक बर्ष २०७७र ७८ मा मुक्तिघाट निर्माण प्रारम्भ गर्ने र कोरोना भाईरस संक्रमणबाट आर्थिक क्षति ब्यहोरेको र पीडामा परेका सबै बर्गको राहत,क्षतिपूर्ती र रोजगारीसँग सबै पूर्वधार निर्माण, आर्थिक र सामाजिक बिकासका कार्यक्रमहरुलाई आबद्ध गर्ने ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here