दमक नगरपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक

0
576

दमक, ८  असार / दमक नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

असार १० गते पुनः बस्ने गरि स्थगत भएको नगरसभामा दुई ओटा विधेयक पेश भएका छन् । नगरपालिका, आर्थिक विकास समितिका संयोजक ईन्द्रबहादुर गुरुङ्ले कृषि तथा पशुपञ्छि विधेयक र विधायन समितिका संयोजक बोधराज न्यौपानेले दमक प्रज्ञा प्रतिष्ठान विधेयक पेश गरेका हुन् । विधेयक माथि सुझाव दिन असार ११ गते सम्मको समय दिईएको छ । नगरप्रमुख रोमनाथ ओलीले सभाको दोश्रो शत्र असार १० गतेलाई आह्वान गरेका छन् ।

सोमबार नगरपालिकामा शुरु भएको सातौं नगरसभामा उपप्रमुख गीता अधिकारीले आगामी वर्षका लक्ष्य, अनुमान तथा कार्यक्रम सहितको नीति तथा कार्यक्रम प्रस्तुत् गरेकी हुन् । नीति तथा कार्यक्रममा पूर्वाधार विकाससँगै सामाजिक कार्यक्रमहरुलाई प्राथमिकता दिईएको छ ।

नीति तथा कार्यक्रममा ९ शिर्षकमा नगरपालिकाले पूर्वाधार तर्फका लक्ष्य सार्वजनिक गरेको छ । नगरपालिकाले पूर्वाधारसँगै विभिन्न सामाजिक कार्यक्रमहरुको पनि लक्ष्य सार्वजनिक गरेको छ । १ हजार परिवारको निशुल्क स्वास्थ्य विमा गर्ने, २ सय अति बिपन्न परिवार पहिचान गरि उनीहरुलाई खाद्यान्नमा छुट उपलव्ध गराउने, तीन ओटा सुपथ मुल्य सञ्चालन गर्ने, २ सय मजदुरलाई भलाई कोषमा सहभागी गराउने, विपन्न, दलित, एकल महिला, अपांगता भएका र यौनिक अल्पसंख्यकहरुलाई स्वरोजगार बनाउन प्रेरीत गर्ने जस्ता कार्यक्रमहरु नगरपालिकाको नीति तथा कार्यक्रममा समेटिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here