होम क्वारेन्टाइनमा बसेका दमकका एक युवामा कोरोना संक्रमण

0
1424

झापा , असार ८ । होम क्वारेन्टाइनमा बस्नेहरुमा कोरोनाको संक्रमण देखिने क्रम बढ्दै गएको छ ।

हिजो मेचीनगरका दुईजनामा कोरोना पुष्टि भएलगतै विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका दमकका एक पुरुषमा पनि आज कोरोना पोजेटिभ देखिएको छ । दमक ४ बस्ने ३२ वर्षिय ती पुरुष भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए ।

होम क्वारेन्टाइनमा बस्ने मेचीनगरका दुईजनामा हिजो कोरोना पुष्टि भएको थियो । त्यस्तै आज भद्रपुरका दुईजना महिलामा पनि कोरोना पुष्टि भएको छ । २७ र ३० वर्षका ती महिला कुवेतबाट आएर हिमाली माविको क्वारेन्टाइनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चैलागाईले जानकारी दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here