बाख्रालाई पिपिआर भ्याक्सिन

0
658

तनहुँ, ८ असार  / बन्दीपुर गाउँपालिका छ वटै वडामा बाख्रालाई पिपिआर(गोट प्लेग) भ्याक्सिन दिन शुरु गरिएको छ ।

बाख्रामा महामारी लागेपछि उपचार नहुने भएकाले अग्रिम भ्याक्सिन लगाउन थालिएको हो । गाउँपालिकामा बाख्रापालन व्यवसाय पछिल्लो समय फष्टाउँदै गएको छ ।

सुरक्षाको दृष्टिले पनि अग्रिम भ्याक्सिन लगाउन शुरु गरिएको गाउँपालिका पशु सेवा कार्यालयका प्रमुख प्राविधिक मधुविलास न्यौपानेले जानकारी दिनुभयो । यो रोग नेपालमा विसं २०५०/५१ मा देखापरेको थियो । तीन महिनामाथिका बाख्रालाई भ्याक्सिन दिनुपर्ने व्यवस्था छ ।

करीब दश हजार बाख्रालाई भ्याक्सिन दिने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए । जिल्लाका अन्य पालिकाले पनि बाख्रालाई पिपिआर भ्याक्सिन दिने तयारी भइहेको बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here