३३१ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ८,६०५ पुग्यो

0
312

काठमाडौं, ६ असार  । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या आठ हजार ६०५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३३१ जना नयाँ संक्रमित थपिएको बताए ।

योसँगै नेपालमा संक्रमितको संख्या आठ हजार ६०५ पुगेको उनले जानकारी दिए । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाका कारण कसैकोपनि मृत्यु नभएको उनले बताए । हालसम्म मृत्यु हुनेको संख्या २२ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भइ अस्पतालबाट १७६ जना ‘डिस्चार्ज’ भएका छन् । जसमा महिला १८ जना र पुरुष १५८ जना छन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १,५७८ पुगेको छ । जसमा महिला १४१ जना र पुरुष १,४३७ जना रहेका उनले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here